Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

५ रन बराबर एक कफी बिरुवा अभियान

५ रन बराबर एक कफी बिरुवा अभियान

काठमाडौं । सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ “पाँच रन बापत एक कफी बिरुवा” अभियानको घोषणा गरेको छ ।

यस अभियान अन्तर्गत,अमेरिका र वेस्ट इन्डिजमा हाल भईरहेको आइ.सि.सि. टि-२० वर्ल्डकप (ICC T-20 Men’s World Cup)मा नेपाली क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान गरिनेछ ।

Subisu

सुपर कृषक एप नेपाली कृषकहरुको दैनिकी सहज बनाउन साथै विविध कृषि सूचनाको पहुँचमा किसानलाई जोड्ने डिजिटल प्लेटफर्म हो । घाम पावर नेपालले विकास गरेको यस सुपर कृषक एपले हाल सम्म २०,००० बढी नेपाली कृषकलाई कृषिका विविध सेवा तथा सूचना प्रवाह गर्दै आइरहेको छ ।

अनलाइन कृषि तालिम, माटो जाच्ने सुविधा, एआई (AI)को माध्यमबाट रोग कीरा पहिंचान गर्ने कृषि डाक्टर, भू-उपग्रहको सहयोग बाट बालीको स्वास्थ्य, सिंचाई, मौसम स्थिति बारे जानकारी दिने प्रविधि कृषि चिना साथै च्याटबटको माध्यम बाट किसानलाई सहजै कृषि बजार मूल्यम मौसम र विविध जानकारी दिने लगाएतका अन्य विविध सेवासुविधा सुपर कृषक एपले निशुल्क प्रदान गर्दै आइरहेको छ ।

सुपर कृषक एपले विगत लामो समयदेखि नै कृषि क्षेत्रमा कृषकहरुलाई प्रत्यक्ष लाभ हुने क्रियाकलाप गर्दै आएको छ र यसैलाई निरन्तरता दिंदै यो अभियान चलाईएको छ । यो अभियानको उद्देश्य नेपाली क्रिकेटप्रति समर्थन जनाउनु, देशमा कफी खेतीलाई प्रोत्साहन गर्नु, र दिगो कृषि विकासको बारेमा जनचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ ।

कफी खेती नेपालमा एउटा सम्भावना बोकेको खेती व्यवसाय हो । साथै नेपालमा उत्पादित कफी अहिले विश्वबजारमा राम्रो ख्याती कमाइरहेको मौका छोपेर यो अभियान संचालन गरिएको छ ।

जसरी नेपाली खेलकुद क्षेत्रमा आफ्नो अलग पहिंचान बनाउँदै क्रिकेट खेल उदाई रहेको छ त्यस्तै गरी विश्व बजारमा पनि नेपाली कफीको माग बढ्दै गएको छ साथै निर्यात गर्न सकिने कृषि उपजको रुपमा उदाइरहेको छ । यस अभियानले देशका गहना राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीले गर्नु भएको रनले कुनै भूगोलका नेपाली सिमान्तकृत किसानको जीवनस्तर उकास्न टेवा पुग्ने छ ।

यसरी भिन्न- भिन्न क्षेत्रबाट देशलाई योगदान दिइरहेको क्रिकेट र कफी (कृषि) लाई जोड्ने संकल्पका साथ अभियान संचालन गरिनेछ।

अभियानको मुख्य उद्देश्य सीमान्तकृत किसानहरुलाई व्यवसायिक कफी खेतीमा संलग्न गराउने हो । क्रिकेट खेलाडीहरुले पिचमा गरेका रनहरुले किसानहरुको जीवनमा प्रत्यक्ष प्रभाव पार्नेछ । यसले दिगो रुपमा कृषकहरुको आम्दानी वृद्धि गर्दै, उनीहरुको आर्थिक स्थिति सुधार्न मद्दत पुग्ने अनुमान गरिएको छ ।

उक्त टि-२० क्रिकेट विश्वकप सम्पन्न भएपछि नेपालमा कफीको सम्भावना बोकेको र भौगोलिक र मौसमको हिसाबले उचित स्थान छनोट गरी किसानहरुलाई कफीका बिरुवा वितरण गरिने कुरा यस अभियानका आयोजक सुपर कृषकले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

पदक विजेता एरिका गुरुङ बनिन् सदभावना दूत

पदक विजेता एरिका गुरुङ बनिन् सदभावना दूत

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

टी-२० विश्वकपमा प्लेइङ-११ का लागि तडपिरहेका सञ्जू कसरी बने म्याच विनर ?

टी-२० विश्वकपमा प्लेइङ-११ का लागि तडपिरहेका सञ्जू कसरी बने म्याच विनर ?

पाकिस्तान जितेर पनि टी-२० विश्वकपबाट बाहिर, न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्यो

पाकिस्तान जितेर पनि टी-२० विश्वकपबाट बाहिर, न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्यो

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

ताजा समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host