Outline Khabar
बिहिबार, मंसिर ११, २०८३
Thursday, November 26, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, मंसिर ११, २०८३
Thursday, November 26, 2026
                                                       
No Result
View All Result

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

आकस्मिक कक्षबाट शल्यक्रिया र आईसीयूमा लैजाँदा सडक पार गर्नुपर्ने समस्या अन्त्य गर्न महानगरले लिफ्टसहितको अकाशे पुल बनाउँदै, ४ करोड ७१ लाख लागतमा निर्माण सुरु

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीलाई शल्यक्रिया वा सघन उपचार कक्ष (आईसीयू) मा पुर्‍याउन अब सडक पार गराउनुपर्ने बाध्यता हट्ने भएको छ । काठमाडौं महानगरपालिकाले अस्पतालका दुई भवनलाई लिफ्टसहितको आकाशे पुलबाट जोड्ने भएपछि आकस्मिक उपचारका क्रममा बिरामीलाई सडकबाट ओहोरदोहोर गराउनुपर्ने समस्या अन्त्य हुने भएको हो ।

अस्पतालका पुरानो र नयाँ भवनबीच महाबौद्धतर्फ जाने सडक छ । पुरानो भवनमा आकस्मिक कक्ष छ भने नयाँ भवनमा शल्यक्रिया कक्ष र आईसीयू सञ्चालनमा छन् । आकस्मिक कक्षमा उपचाररत बिरामीलाई शल्यक्रिया गर्नुपर्ने वा सघन उपचार आवश्यक पर्ने अवस्थामा सडक पार गराएर अर्को भवनमा लैजानुपर्ने अवस्था थियो ।

Subisu

यसरी बिरामीलाई स्ट्रेचर वा बेडमा राखेर व्यस्त सडक पार गराउँदा उपचारमा ढिलाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत रहँदै आएको थियो । बिरामीसँगै चिकित्सक, स्वास्थ्यकर्मी र आफन्तले पनि सडकको सवारी आवागमन छिचोल्दै दुई भवनबीच आवतजावत गर्नुपर्ने समस्या थियो ।

यही समस्या समाधान गर्न महानगरपालिकाले लिफ्टसहितको आकाशे पुल निर्माण गर्न लागेको हो । बुधबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पुल निर्माणको शिलान्यास गरेकी छन् ।

शिलान्यासपछि डंगोलले आकस्मिक उपचारमा रहेका बिरामीको जीवन बचाउन समयको निकै महत्त्व हुने भएकाले पूर्वाधार निर्माणमा लगानी गरिएको बताइन् । उनका अनुसार आकस्मिक कक्ष र शल्यक्रिया तथा आईसीयू रहेको भवनबीच सीधा सम्पर्क स्थापित भएपछि बिरामीलाई एक भवनबाट अर्को भवनमा लैजान लाग्ने समय बचत हुनेछ ।

‘आकस्मिक स्वास्थ्योपचार गर्नुपर्ने बिरामी बचाउन मिलिसेकेण्डको अवधिलाई पनि अधिकतम उपयोग गर्न सकियोस् भनेर यो पूर्वाधार निर्माण गर्न लागेका हौँ,’ उनले भनिन् ।

उनले यो संरचनालाई सामान्य भौतिक पूर्वाधारका रूपमा मात्रै बुझ्न नहुने बताइन् । ‘हेर्दा यो भौतिक संरचनाका रूपमा मात्र देख्न सकिन्छ । तर, यो चिकित्सक र बिरामीको सुरक्षा तथा बिरामीका आफन्तको सहजताका लागि संवेदनशील संरचना हो,’ उनले भनिन् ।

महानगरका अनुसार दुई भवनबीचको सडकमा सवारीसाधनको चाप रहने भएकाले बिरामी ओसारपसार गर्दा जोखिम हुने गरेको थियो। आकस्मिक उपचारमा छिटो निर्णय र तत्काल सेवा आवश्यक पर्ने अवस्थामा बिरामीलाई सडक पार गराउनुपर्ने अवस्थाले उपचार प्रक्रियामै चुनौती थप्ने गरेको थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. विवेक आचार्यले आकाशे पुललाई भौतिक संरचनाभन्दा पनि मानवीय संवेदनामा आधारित सेवा संरचनाका रूपमा व्याख्या गरे । अस्पतालका निर्देशक सहप्राध्यापक डा. विकास नेपालले पुल निर्माणले अस्पतालका दुई भवन मात्रै नभई उपचार सेवालाई समेत जोड्ने बताए ।

उनका अनुसार ९५० शय्याको रिफरल अस्पतालको नयाँ भवनमा १५ वटा अपरेसन थिएटर र ८० वटा आईसीयू छन् । आकस्मिक कक्षबाट यी सेवा लिन बिरामीलाई सहज रूपमा नयाँ भवनसम्म पुर्‍याउन पुल उपयोगी हुने उनको भनाइ छ ।

निर्माण हुने पुलका दुवैतर्फ अस्पतालको बेडसमेत लैजान मिल्ने गुणस्तरका लिफ्ट राखिनेछन् । लिफ्टबाट अस्पतालको बेडसहित बिरामीलाई सिधै पुलमा चढाएर अर्को भवनमा पुर्‍याउन सकिनेछ । पुलमा आवतजावत गर्न सिँढीको व्यवस्था पनि गरिनेछ । लिफ्ट र सिँढी दुवै अस्पताल परिसरभित्रबाट सञ्चालन हुने गरी संरचना निर्माण गरिने महानगरले जनाएको छ ।

पुल निर्माणका लागि ४ करोड ८२ लाख ६६ हजार ८१२ रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँमा निर्माण ठेक्का सम्झौता भएको छ । निर्माणको जिम्मा सुपर सौगात पीसी द्रव्य जेभीले पाएको छ ।

महानगरपालिकाले मंसिर ९ गते निर्माण कम्पनीलाई कार्यादेश दिएको हो । सम्झौताअनुसार २०८४ कात्तिक ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार पुलको पहिलो चरणमा फलामको संरचना निर्माण गरी लिफ्ट जडान गरिनेछ । त्यसपछि दोस्रो चरणमा काठमाडौंको मौलिक सहरी स्वरूप झल्किने गरी बाहिरी सजावट गरिनेछ ।

पुलका डिजाइनर एवं विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले भित्री संरचनामा अत्याधुनिक प्रविधि र बाहिरी मोहडामा मौलिक स्वरूप समेटिने जानकारी दिए ।

वडा नम्बर २७ का अध्यक्ष योगेशकुमार खड्गीले अस्पतालका दुई भवन जोड्ने योजनालाई वडाले गौरवको योजनाका रूपमा लिएको बताए । उनका अनुसार काठमाडौंका भित्री सहरी क्षेत्रका बासिन्दाका लागि वीर अस्पताल पहिलो सम्पर्क अस्पतालमध्ये एक भएकाले यसको सेवा व्यवस्थित बनाउन स्थानीय तहले सहकार्य गर्नेछ ।

यसअघि अस्पतालका दुई भवनबीचको सडक नै आकस्मिक उपचारका क्रममा बिरामी ओसारपसार गर्नुपर्ने अवरोध बनेको थियो । आकाशे पुल निर्माणपछि सडकको सवारी आवागमनबाट अलग रहेर बिरामी, चिकित्सक र स्वास्थ्यकर्मीले सुरक्षित रूपमा दुई भवनबीच आवतजावत गर्न सक्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको पुनः आधिकारिकता

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

शरीरभित्र लुकाएर ल्याएको साढे २ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

शरीरभित्र लुकाएर ल्याएको साढे २ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

ताजा समाचार

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको पुनः आधिकारिकता

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host