Outline Khabar
मङ्लबार, मंसिर २, २०८३
Tuesday, November 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, मंसिर २, २०८३
Tuesday, November 17, 2026
                                                       
No Result
View All Result

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

default

काठमाडाै‌ं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका खेल सकिएसँगै उपाधि होडमा रहेका चार टोलीको प्लेअफ यात्रा र प्रतिस्पर्धाको समीकरण टुंगिएको छ।

आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलले शीर्ष चार टोलीको वरीयता निर्धारण गरेपछि प्लेअफको खेल तालिका पनि निश्चित भएको हो।

Subisu

लिग चरणका २८ खेलपछि साविक विजेता लुम्बिनी लायन्स, सुदूरपश्चिम रोएल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले अन्तिम चारमा स्थान बनाएका छन्। यीमध्ये शीर्ष दुईमा रहेका लुम्बिनी र सुदूरपश्चिमले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन्।

पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी र सुदूरपश्चिम आमनेसामने हुनेछन्। दुई पटकको उपविजेता सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदा लुम्बिनी लगातार दोस्रोपटक उपाधि नजिक पुग्ने प्रयासमा हुनेछ।

आइतबारको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले हराएपछि प्लेअफको वरीयतामा परिवर्तन आएको हो। प्लेअफ दौडबाट यसअघि नै बाहिरिसकेको पोखराले प्रतियोगिताबाट बिदा हुने क्रममा काठमाडौंको शीर्ष दुईमा पुग्ने सम्भावना समाप्त पारिदियो।

काठमाडौंलाई पहिलो क्वालिफायरमा स्थान बनाउन पोखराविरुद्ध जित आवश्यक थियो। तर, अन्तिम खेलमा पराजित भएपछि काठमाडौं ७ खेलबाट ४ जित र ३ हारसहित ८ अंकमा सीमित भयो। यससँगै उसले तालिकाको तेस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो।

लिग चरणमा ११ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा रह्यो भने १० अंकसहित सुदूरपश्चिम दोस्रो भयो। काठमाडौं ८ अंकसहित तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहे।

शीर्ष दुईमा रहनुको फाइदा लुम्बिनी र सुदूरपश्चिमले पहिलो क्वालिफायरमार्फत पाएका छन्। यो खेल जित्ने टोलीले कुनै थप प्रतिस्पर्धा नगरी सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ। पराजित हुने टोलीको उपाधि सम्भावना भने समाप्त हुनेछैन। उसले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

यता, तेस्रो र चौथो स्थानमा रहेका काठमाडौं र चितवनबीच एलिमिनेटर हुनेछ। यस खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

दोस्रो क्वालिफायर जित्ने टोलीले फाइनलमा पहिलो क्वालिफायरको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

यसरी एनपीएलको उपाधि यात्रामा अब चार टोलीबीच तीन खेलको प्रतिस्पर्धा बाँकी छ। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेर शीर्ष दुईमा पुगेका लुम्बिनी र सुदूरपश्चिमसँग फाइनल पुग्ने दुई अवसर छन् भने काठमाडौं र चितवनका लागि अब प्रत्येक खेल नकआउट हुनेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

प्रधानमन्त्री शाहको सचिवालयमा कार्यसम्पादन समीक्षा, केहीको बढुवा त केहीको जिम्मेवारी खोसियो

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काईदै

ताजा समाचार

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

वयस्कमा टाइप-१ मधुमेहको उपचार गर्न डब्ल्यूएचओको पहिलो निर्देशिका

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

प्रधानमन्त्री शाहको सचिवालयमा कार्यसम्पादन समीक्षा, केहीको बढुवा त केहीको जिम्मेवारी खोसियो

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

बदलियो एनपीएलको प्लेअफ समीकरण, पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

रास्वपा २० सांसदहरूको जम्बो टोली चीन भ्रमणमा, विपिन आचार्यले गरे नेतृत्व

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

रसुवा बाढीले नेपालको आर्थिक वृद्धिदर घटाउने, ३.४ प्रतिशतमा सीमित हुने फिचको प्रक्षेपण

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

रारा जाँदै गरेकाे हाईलक्स जिप ६०० मिटर तल खस्यो, तीन जनाको मृत्यु

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host