Outline Khabar
शुक्रबार, मंसिर १२, २०८३
Friday, November 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, मंसिर १२, २०८३
Friday, November 27, 2026
                                                       
No Result
View All Result

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

काठमाडौं। नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिने नेपालले विश्वास व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सार्वजनिक कूटनीति महाशाखा प्रमुख लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा इपिजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त हुने नेपालको अपेक्षा रहेको बताएका हुन्।
‘इमिनेन्ट पर्सन ग्रुपले उक्त प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।

Subisu

प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते भएको भारतको राजकीय भ्रमणपछि इपिजी प्रतिवेदनको विषय पुनः चर्चामा आएको छ। भ्रमणपछि भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आयोजित पत्रकार सम्मेलनमा ईपीजी प्रतिवेदन पुरानो र वर्तमान सन्दर्भमा असान्दर्भिक भइसकेको टिप्पणी गरेका थिए।

मिस्रीले प्रतिवेदनलाई विगतको विषय भन्दै भारत भविष्यकेन्द्रित दृष्टिकोणमा अघि बढिरहेको बताएका थिए। तर, नेपालको परराष्ट्र मन्त्रालयले भने प्रतिवेदनको सान्दर्भिकता अझै कायम रहेको संकेत गरेको छ।

इपिजीको नेपाली टोलीका संयोजक भेषबहादुर थापाले प्रतिवेदन राखिएको दराजको साँचो गत जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरिसकेका छन्। नेपाल र भारतबीच भएको समझदारीअनुसार प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री र त्यसपछि नेपाली प्रधानमन्त्रीसमक्ष बुझाउने व्यवस्था थियो।

तर, भारतीय प्रधानमन्त्री मोदीले अहिलेसम्म प्रतिवेदन बुझ्न समय दिएका छैनन्।
प्रवक्ता पौडेलले प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष प्रस्तुत नभएसम्म पनि इपिजी गठनका मूलभूत उद्देश्यअनुसार दुई देशले द्विपक्षीय विषयमा संयुक्त रूपमा काम अघि बढाउनुपर्ने बताए।

उनले भने, ‘इपिजीले उक्त प्रतिवेदन दुवै प्रधानमन्त्रीज्यूहरूसमक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो विश्वास छ। सो समयसम्म ईपीजी गठन हुनुका मूलभूत उद्देश्यहरू थिए, ती द्विपक्षीय विषयलाई दुवै पक्षले संयुक्त रूपमा त्यससम्बन्धी कामलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो विश्वास छ।’

सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवलाई जिम्मेवारी
नेपाल–भारतबीच लामो समयदेखि थाती रहेका सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।

प्रवक्ता पौडेलका अनुसार सीमा समस्याबारे संयुक्त दृष्टिकोणपत्रमा समेत विषय समेटिएको छ। दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाका संयुक्त स्तम्भको निरीक्षण, सीमा स्तम्भको मर्मतसम्भारलगायतका काम अघि बढाउने विषयमा सहमति गरेका छन्।
सीमासम्बन्धी बाँकी विषयलाई अगाडि बढाउन दुवै प्रधानमन्त्रीले नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवलाई निर्देशनसमेत दिएका छन्।

‘द्विपक्षीय रूपमा स्थापित सीमा सम्बन्धी संयन्त्रहरूमार्फत कूटनीतिक समाधान निकाल्न दुवै पक्षको प्रतिबद्धता जाहेर भएको छ,’ पौडेलले भने।

दुवै देशलाई अनुकूल हुने समयमा परराष्ट्र सचिवस्तरीय बैठक बस्ने र लामो समयदेखि समाधान हुन नसकेका सीमा सम्बन्धी विषयको कूटनीतिक प्रक्रिया अघि बढ्ने नेपालको विश्वास रहेको उनले बताए।

नेपाल–भारत सम्बन्धमा सीमा विवाद र ईपीजी प्रतिवेदन लामो समयदेखि चर्चामा रहेका विषय हुन्। पछिल्लो भ्रमणमा संयुक्त दृष्टिकोणपत्रमार्फत सीमा व्यवस्थापन र द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने सहमति भए पनि ईपीजी प्रतिवेदन बुझ्ने विषय भने अझै अनिश्चित छ।

भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालय सक्रिय
प्रधानमन्त्री शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भएका सहमति, समझदारी र निर्णय कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय सुरु गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले शुक्रबार नियमित पत्रकार ब्रिफिङमा प्रधानमन्त्रीको भ्रमणका क्रममा तय भएका विषयलाई कार्यान्वयनमा लैजान मन्त्रालयले काम अघि बढाइसकेको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको राजकीय भ्रमण सम्पन्न गरी मंसिर ७ गते स्वदेश फर्किएका थिए।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याएउने उद्देश्यसहित संयुक्त दृष्टिकोणपत्र (ज्वाइन्ट भिजन डकुमेन्ट) लगायत विभिन्न विषयमा आपसी सहमति र समझदारी भएका थिए।

ती सहमति र समझदारीलाई दुई देशका नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयनमा लैजान मन्त्रालयले सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताए।

उनका अनुसार सम्बन्धित निकायबाट समझदारीपत्र (एमओयू) तथा अन्य सहमति कार्यान्वयन गर्ने र त्यसको प्रगतिको नियमित अनुगमन तथा फलोअप गर्ने काम परराष्ट्र मन्त्रालयले निरन्तर गर्नेछ।

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले मन्त्रालयले १२ वटा क्यारोसेल ग्राफिक्ससमेत तयार गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको छ।

भ्रमणपछि मन्त्रालयबाट सम्पादन हुने काम तथा सहमति कार्यान्वयनको प्रगतिबारे पनि समयसमयमा जानकारी गराइने पौडेलले बताए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

ताजा समाचार

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host