Outline Khabar
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
                                                       
No Result
View All Result

नेपाल क्यानडासँग पराजित

नेपाल क्यानडासँग पराजित
Subisu

काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ ।

१८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

Subisu

दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गरेका थिए । तीव्र गतिका बलर डिलोन हेलिगरको पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच आउट भए । कुशलले १६ बलमा २ चौकासहित १० रन जोडे ।

त्यसपछि अनिल साहले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै आउट भए । स्पिनर साद विन जाफरको बलमा रोहित पौडेल टप एज लागेर विकेटकिपरबाट १ रनमा क्याच आउट भए । त्यसअघि जाफरले आसिफ शेखलाई २२ रनमा एलबीडब्लू धरापमा पारे । उनले २२ बलमा ३ चौका प्रहार गरे ।

सन्दीप जोरा ६, गुलशन झा डक र सोमपाल कामी ४ रनमा आउट हुँदा नेपालको हार पक्का बनेको थियो ।

डिलोन हेलिगरले २.३ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेरेमी गोर्डन र साद बिन जाफरले २-२ विकेट लिए । कलिम साना र परगत सिंहले १–१ विकेट लिए ।

त्यसअघि ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

अन्तिम ओभरमा करण केसीलाई २१ रन प्रहार गर्दै क्यानडाले मोमेन्ट्स आफ्नो पक्षमा लैजानुको साथै बलरलाई राम्रो योगफलदिएको थियो ।

निकोलस किर्टोनले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए । रविन्द्रपाल सिंहले अन्त्यमा १७ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको आक्रामक अविजित इनिङ खेले । डिलोन हेलिगर ७ बलमा २ चौकासहित १३ रन नट आउट रहे ।

ओपनर आरोन जोनसन र नवनीत धलिवालले २.४ ओभरमा २२ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । आरोन जोनसन ८ बलमा २ चौकासहित १० रनमा आसिफ शेखबाट क्याच हुन पुगेका थिए ।

दोस्रो विकेटका लागि निकोलस किर्टोन र धलिवालले ६१ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । धलिवाल २७ बलमा ४ चौकासहित ३२ रनमा आउट हुँदा क्यानडा ९.५ ओभरमा ८३–२ को अवस्थामा थियो ।

त्यसपछि भने नेपालले लगातार विकेट लिँदै खेलमा फर्किएको थियो । तर, अन्त्यमा नेपालको डेथ ओभर समस्याको फाइदा उठाउँदै क्यानडाले राम्रो योगफल तयार पार्‍यो । परगत सिंह १३, श्रेयस मोभ्भा र साद विन जाफर २–२ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले १(१ विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

श्रीलंकामाथि नेपालकाे सानदार जित

श्रीलंकामाथि नेपालकाे सानदार जित

एसीसी यू-१६: नेपाल अपराजित रहँदै सेमिफाइनलमा प्रवेश

एसीसी यू-१६: नेपाल अपराजित रहँदै सेमिफाइनलमा प्रवेश

मेस्सीको इन्टर मियामी ‘क्लब विश्वकप’ प्रतियोगिताबाट बाहिरियो

मेस्सीको इन्टर मियामी ‘क्लब विश्वकप’ प्रतियोगिताबाट बाहिरियो

नेपालले लाओसलाई ९–० गोल अन्तरले हरायाे

नेपालले लाओसलाई ९–० गोल अन्तरले हरायाे

इन्डोनेसियाविरुद्ध नेपालको फराकिलो जित

इन्डोनेसियाविरुद्ध नेपालको फराकिलो जित

ताजा समाचार

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

स्वास्थ्य सेवा तत्काल सुचारु गर, नागरिकको अधिकार सुनिश्चित गर : आयोग

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र, यस्तो छ सारांश

शाक्यद्वारा सय दिने कार्यकालको प्रगति सार्वजनिक

दोहोरो अंकले घट्यो सेयर बजार

शेयर बजार परिसूचक झिनो अंकले घट्यो

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

एघार महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host