Outline Khabar
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, असार २४, २०८२
Tuesday, July 8, 2025
                                                       
No Result
View All Result

काठमाडौं महानगरमा असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित

काठमाडौं महानगरमा असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित
Subisu

काठमाडौं । काठमाडौं महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् ।

कामपा स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् । यसरी सेवा लिन आउनेमा काठमाडौँ उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेका उनले जानकारी दिए । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि कामपाले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो ।

Subisu

कामपाले कुन अस्पतालमा शय्या उपलब्ध छ ? र कुन सेवा प्राप्त गर्न सकिन्छ रु भनेर विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था गरिसकेको छ । निःशुल्क उपचार सेवा लिएकामध्ये केही निको भएर घर फर्किसकेका छन् भने केही उपचाररत रहेको कामपाले जानकारी दिएको छ । यसरी सेवा लिनेमा नाक, कान, घाँटी र मिर्गौलाका बिरामी बढी रहेका छन् । त्यस्तै दम, क्षयरोग छाती र आँखासम्बन्धी सेवा लिएका बिरामी रहेको पनि श्रेष्ठले जानकारी दिए ।

उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताए ।

यसरी लिन सकिन्छ निशुल्क उपचार सेवा

सरकार\प्रदेश सरकार\स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात\परिचयपत्र, त्यस्तै राष्ट्रिय परिचयपत्र\नेपाली नागरिकता प्रमाणपत्र\जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो, रोग पहिचान भएमा सोको कागजपत्र, सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची–४ अनुसारको सर्जमिन गरेको कागज र सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची–३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने बताइएको छ । बेवारिसे बिरामीको हकमा आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्योपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सक संघको आन्दोलन : बिरामीको बिचल्ली

चिकित्सक संघको आन्दोलन : बिरामीको बिचल्ली

आन्दोलनमा चिकित्सकः आकस्मिक बाहेकका सेवा ठप्प, मर्कामा बिरामी

देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द

ओली सरकारको मन्त्रिपरिषद्मा हेरफेर, नयाँ शिक्षामन्त्रीमा पन्त नियुक्त

शिक्षा समितिको बैठक: शिक्षा विधेयकमा सहमति जुट्ने अपेक्षा

वर्षायाममा चौपाया रोगको जोखिम, सतर्क रहन आग्रह

वर्षायाममा चौपाया रोगको जोखिम, सतर्क रहन आग्रह

आन्दोलनमा चिकित्सकः आकस्मिक बाहेकका सेवा ठप्प, मर्कामा बिरामी

चिकित्सक संघद्वारा थप आन्दोलन घोषणा, आकस्मिकबाहेक सबै सेवा बन्द हुने

एक सातामा ३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

एक सातामा ३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

ताजा समाचार

मानव अधिकार आयोग दशैं बिदामा खुला रहने

स्वास्थ्य सेवा तत्काल सुचारु गर, नागरिकको अधिकार सुनिश्चित गर : आयोग

प्राधिकरणले जारी गर्‍यो ७५ पेजको श्वेतपत्र, यस्तो छ सारांश

शाक्यद्वारा सय दिने कार्यकालको प्रगति सार्वजनिक

दोहोरो अंकले घट्यो सेयर बजार

शेयर बजार परिसूचक झिनो अंकले घट्यो

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य बैकुण्ठनाथ दाहालको निधन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

उद्धार गर्न सरकार युद्धस्तरमा छ, विभागलाई ‘हाई एलर्ट’मा राखिएको छ : प्रधानमन्त्री

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

एघार महिनामा १५ खर्ब ३२ अर्ब भित्रियो रेमिट्यान्स

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host