Outline Khabar
बिहिबार, मंसिर ११, २०८३
Thursday, November 26, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, मंसिर ११, २०८३
Thursday, November 26, 2026
                                                       
No Result
View All Result

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

निजी संस्थामा मासिक ४०–४५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा, विद्यालयसँगै तालिम र अनुसन्धान केन्द्र पनि बन्ने

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

काठमाडौं । अटिजम भएका बालबालिकाको हेरचाह र शिक्षाका लागि अभिभावकले भोग्दै आएको आर्थिक तथा सामाजिक दबाब कम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले विशेष विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण अघि बढाएको छ। महानगरपालिकाले वडा नम्बर २९ मा ९ करोड ७७ लाख रुपैयाँभन्दा बढी लागतमा अटिजम स्कूल तथा अनुसन्धान केन्द्र बनाउन लागेको हो।

बुधबार महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले उक्त भवनको शिलान्यास गरेकी छन्। भवन निर्माणसँगै अटिजम भएका बालबालिकाको शिक्षादीक्षाका साथै अभिभावकलाई तालिम, परामर्श र सहयोग उपलब्ध गराउने महानगरको योजना छ।

Subisu

अहिले अटिजम भएका बालबालिकाको हेरचाहका लागि परिवारका सदस्यले आफ्नो समय र पेसासमेत त्याग्नुपर्ने अवस्था छ। निजी क्षेत्रमा यस्ता बालबालिकाको शिक्षादीक्षा तथा हेरचाहका लागि मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अभिभावकहरूको भनाइ छ।

शिलान्यास कार्यक्रममा अभिभावकहरूले वर्षौंदेखि भोग्दै आएको कठिनाइ सुनाउँदै महानगरको योजनाले आफूहरूमा नयाँ आशा जगाएको बताए।

अभिभावक सुनिता प्याकुरेलले भनिन्, ‘हामीलाई बल्ल सास फेर्न सजिलो हुने भयो।’

३२ वर्षका अटिजम भएका छोराको हेरचाहमा आफ्नो अधिकांश समय बिताएकी मीना ढुंगानाले अहिले बन्न लागेको संरचना पहिले नै भएको भए आफूले पनि अन्य काम गर्ने अवसर पाउने बताइन्। अर्का अभिभावक मिसान वान्तावाले निजी संस्थाको महँगो शुल्क तिर्न नसक्ने परिवारका लागि महानगरको पहल ठूलो राहत हुने बताए।

कार्यक्रममा अभिभावक लीलानाथ कँडेलले परिवारमा एक जना सदस्यलाई अटिजम हुँदा त्यसको प्रभाव पूरै परिवारमा पर्ने बताए। बालबालिकाको हेरचाहका कारण अभिभावकलाई जागिर तथा अन्य पेसा सञ्चालन गर्नसमेत कठिन हुने उनको भनाइ थियो।

कार्यवाहक मेयर डंगोलले विद्यालय निर्माणलाई महानगरको समावेशी सहर बनाउने अभियानसँग जोडिन्। सरकार, अभिभावक र सम्बन्धित क्षेत्रका पेशाकर्मीको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताइन्। भवन निर्माण सम्पन्न हुँदासम्म सञ्चालन कार्यविधि तयार पारेर व्यवस्थित प्रणालीमार्फत सेवा दिने उनको भनाइ छ।

वडाध्यक्ष कुश ढकालले अटिजम भएका बालबालिकाको अवस्थाभन्दा पनि उनीहरूको हेरचाहमा अभिभावकले भोग्नुपरेको पीडा ठूलो चुनौतीका रूपमा रहेको बताए। उनले विद्यालयलाई वडाको गौरवको योजनाका रूपमा अघि बढाइएको उल्लेख गरे।

१८ हजार ५०० वर्गफिटको भवन

वडा कार्यालयको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने केन्द्र पाँचतले हुनेछ। ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा बन्ने भवनको कुल क्षेत्रफल भूमिगत तलासहित १८ हजार ५०० वर्गफिट रहनेछ।

भवनको भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारी पार्किङ गर्न सकिनेछ। पहिलोदेखि तेस्रो तलासम्म तालिम तथा प्रशिक्षण कक्ष र चौथो तलामा प्रशासन तथा अनुसन्धान कक्ष रहनेछन्। पाँचौँ तलामा बार्दली हुनेछ। भवनमा बालबालिका तथा फरक आवश्यकता भएका व्यक्तिका लागि पहुँचयुक्त शौचालय र कोठाको व्यवस्था गरिनेछ।

भवन निर्माणका लागि सुरुमा १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको हो। निर्माण पक्षले २०८४ चैत मसान्तभित्र काम सम्पन्न गर्नुपर्नेछ।

कार्यक्रममा अटिजम केयर नेपालकी अध्यक्ष डा. सुनिता मलेखु अमात्य र विशेष स्कूल तथा पुनःस्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेतीले महानगरको पहलले अटिजम भएका बालबालिका र उनीहरूका परिवारलाई संस्थागत सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको पुनः आधिकारिकता

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

शरीरभित्र लुकाएर ल्याएको साढे २ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

शरीरभित्र लुकाएर ल्याएको साढे २ किलो सुनसहित दुई चिनियाँ महिला पक्राउ

ताजा समाचार

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

सानिगाड हाइड्रोको आइपिओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्न पाउने

३० हजार मेगावाटको लक्ष्यले फेरियो ऊर्जा नीति, १६ हजार मेगावाटका आयोजना पिपिएको प्रतीक्षामा

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

अटिजम भएका बालबालिकाका अभिभावकलाई काठमाडौं महानगरको साथ, ९ करोड ७७ लाखमा बन्दै विशेष विद्यालय

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

दूध, जुस र खानामा नशालु पदार्थ मिसाएर लुटपाट, सुन किन्ने व्यापारीसहित चार जना पक्राउ

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान

गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको पुनः आधिकारिकता

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

१८ करोडको आरोपदेखि ‘राजनीतिक कद’को प्रश्नसम्म, देउवा-गगनबीच वाक्युद्ध चर्कियो

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host