Outline Khabar
सोमवार, मंसिर ८, २०८३
Monday, November 23, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर ८, २०८३
Monday, November 23, 2026
                                                       
No Result
View All Result

गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी, चार पक्राउ

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

सर्लाही। उपचारका लागि अस्पताल पुर्‍याइएकी नौ महिनाकी गर्भवतीको मृत्यु भएपछि सर्लाहीको बरहथवास्थित नगर अस्पतालमा तोडफोड र आगजनी भएको छ। घटनामा अस्पतालको आकस्मिक उपचार कक्षमा ठूलो क्षति पुगेको छ भने प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

बरहथवा नगरपालिका–५ हातीडण्डा पानीटंकी टोलका रुपेश रामकी करिब २१ वर्षीया श्रीमती सीमा राम देवीको उपचारका क्रममा मृत्यु भएपछि आइतबार राति अस्पतालमा तनाव सिर्जना भएको हो।

Subisu

बिरामी भएपछि परिवारले आइतबार सीमालाई बरहथवा नगर अस्पताल पुर्‍याएका थिए। अस्पतालमा उपचारका क्रममा उनको अवस्था गम्भीर भएपछि चिकित्सकले थप उपचारका लागि वीरगन्ज रेफर गरेका थिए। वीरगन्ज लैजाने क्रममा चन्द्रनिगाहपुर अस्पतालमा जाँच गर्दा उनको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

चिकित्सकको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयले अस्पतालमा आक्रोश पोखेका थिए। उनीहरूले अस्पतालमा पेट्रोल छर्केर आगजनी गर्नुका साथै तोडफोड गरेका थिए।

आगजनीबाट अस्पतालको इमर्जेन्सी कक्षमा ठूलो क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ।

घटनापछि इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक किरण लामाको नेतृत्वमा ३० जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक जीवन श्रेष्ठको नेतृत्वमा १८ जना तथा सशस्त्र प्रहरी बल सुरक्षा बेस सुन्दरपुर चौहर्वाबाट प्रहरी निरीक्षक डबलबहादुर एडीको नेतृत्वमा नौ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बरहथवा–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र उनका २० वर्षीय छोरा राजन रामलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार अस्पतालमा पेट्रोल छर्केर आगो लगाउने तथा तोडफोड गर्ने कार्यमा सोही अस्पतालमा करारमा कार्यरत ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा पनि संलग्न रहेको खुलेको छ। उनीहरू भने घटनापछि फरार छन्।

मृतक सीमाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

मधेशमा फेरि सत्ता अस्थिरताको जोखिम, मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन सकस

मधेशमा फेरि सत्ता अस्थिरताको जोखिम, मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन सकस

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक एनपीएलको च्याम्पियन, मुन्सेको कीर्तिमानी शतक

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक एनपीएलको च्याम्पियन, मुन्सेको कीर्तिमानी शतक

काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग : १६९ मध्ये ३६ वटामा मात्रै राम्रो सरसफाइ, १४ वटा बन्द

काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग : १६९ मध्ये ३६ वटामा मात्रै राम्रो सरसफाइ, १४ वटा बन्द

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

राहत वितरणमा ढिलाइ भएपछि मन्त्री तिमिल्सिनाले नै लिए चासो, प्रभावितको विवरण तत्काल संकलन गर्न आग्रह

ताजा समाचार

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

जथाभावी एन्टिबायोटिक खाँदा सामान्य रोगको उपचार पनि कठिन बन्दै, डाक्टरको सल्लाहबिना औषधि नबेच्न सुझाव

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी, चार पक्राउ

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

मधेशमा फेरि सत्ता अस्थिरताको जोखिम, मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन सकस

मधेशमा फेरि सत्ता अस्थिरताको जोखिम, मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन सकस

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक एनपीएलको च्याम्पियन, मुन्सेको कीर्तिमानी शतक

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक एनपीएलको च्याम्पियन, मुन्सेको कीर्तिमानी शतक

काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग : १६९ मध्ये ३६ वटामा मात्रै राम्रो सरसफाइ, १४ वटा बन्द

काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग : १६९ मध्ये ३६ वटामा मात्रै राम्रो सरसफाइ, १४ वटा बन्द

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host