काठमाडौं । काठमाडौं दक्षिणकाली नगरपालिका-८ स्थित केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । बिहीबार बिहान एकजना महिला र अर्को पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत भेटिनेमा धादिङको सिद्धलेख गाउँपालिका-५ घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल चाँगुनारायण-५ भक्तपुर बस्ने ३२ वर्षीया र सबिना राई रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।