Outline Khabar
बिहिबार, कार्तिक २७, २०८३
Thursday, November 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, कार्तिक २७, २०८३
Thursday, November 12, 2026
                                                       
No Result
View All Result

मकवानपुरमा ईभी हाइस दुर्घटना : १४ जनाको मृत्यु, तीन बालबालिकासहित ६ घाइते

काठमाडौं–सर्लाही चल्ने हाइस ५०० मिटर तल भिरमा खस्यो, मृतक र घाइते सबै सर्लाहीका

भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

काठमाडाैं। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन बालबालिकासहित ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा दुर्घटनामा परेको हो। चिसापानीगढीमा अनियन्त्रित भएको हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो।

Subisu

हाइसमा चालकसहित २० जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो।

उद्धारका क्रममा १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइएको थियो। तीमध्ये तीन जनाको उपचारपछि डिस्चार्ज गरिएको छ भने बाँकी तीन जनालाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको छ।

घाइतेमध्ये तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ। त्यस्तै, ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ।

उपचारपछि डिस्चार्ज हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय छन्।

दुर्घटनामा मृत्यु हुनेमा हाइस चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डल छन्। अन्य मृतक सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका बासिन्दा हुन्।

मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, २८ वर्षीया पुनम यादव, सात वर्षीया दिक्षा यादव, पाँच वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय राम दुलार यादव, २४/२५ वर्षीय सुबोध यादव, १५ वर्षीय रोहन यादव, ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय भनिने रामप्रसाद राय यादव र १७/१८ वर्षीय सुधेश यादव छन्।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी जेलमुक्त

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी जेलमुक्त

भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

यस वर्षको तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने अनुमान

आज भाइटीका: ११ः०७ बजे उत्तम साइत, दिनभर टीका लगाउन मिल्ने

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

कर्णाली राजमार्गमा ३०० मिटर तल खस्यो जीप: एकको मृत्यु, पाँच जना गम्भीर

ताजा समाचार

भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

मकवानपुरमा ईभी हाइस दुर्घटना : १४ जनाको मृत्यु, तीन बालबालिकासहित ६ घाइते

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी जेलमुक्त

ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी जेलमुक्त

भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

भीमफेदीमा हाइस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइते

यस वर्षको तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने अनुमान

आज भाइटीका: ११ः०७ बजे उत्तम साइत, दिनभर टीका लगाउन मिल्ने

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host