काठमाडौं । वीर अस्पतालले आइतबारदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया शुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया शुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा.डा.राजीव झाले बताए ।
उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा रु एक देखि तीन लाखसम्म पर्छ ।