काठमाडौं । श्रीलंकामा आयोजना हुने महिला एसिया कपका लागि नेपालले २८ जना खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको छ। ईन्दु बर्माको कप्तानीमा बिहिबार नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोलीको घोषणा गरेको हो।
प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ। सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ए मा रहेको छ।
नेपालको समूहमा भारत, पाकिस्तान र युएई रहेका छन्। समूह बी मा बंगलादेश, मलेसिया, श्रीलंका र थाईल्यान्ड रहेका छन्।
नेपालको प्रारम्भिक टोली
ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, कृतिका मरासिनी, राजमती ऐरी, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, सबनम राई, रुवि पोदार, खुसी डंगोल, लक्ष्मी साउद, सोनी पाख्रिन, हेलिशा गुरुङ, अलिसा खडिया, अप्सरी बेगम, करुणा भन्डारी, अस्मिना कर्माचार्य, संगिता राई, आरती महतो, साबित्री धामी, यशोदा बिष्ट।