Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

मदुरोको दाबी-‘म युद्धबन्दी हुँ, अपहरण गरिएको हो’

मदुरोको दाबी-‘म युद्धबन्दी हुँ, अपहरण गरिएको हो’

न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी संघीय अदालतमा पहिलोपटक उपस्थित हुँदा आफूलाई ‘युद्धबन्दी’ र ‘अपहरण गरिएको’ व्यक्ति भएको दाबी गरेका छन्। न्युयोर्क सिटीको संघीय अदालतमा सोमबार करिब ४० मिनेट चलेको सुनुवाइका क्रममा मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले लागुऔषध तथा हतियारसम्बन्धी सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएका हुन्।

अदालत प्रवेश गर्नुअघि मदुरोका खुट्टामा लगाइएका सिक्रीको आवाज सुनिएको थियो। न्यायाधीश एल्भिन हेलरस्टाइनले पहिचान पुष्टि गर्न आग्रह गरेपछि मदुरोले आफू जनवरी ३ देखि अपहरणमा परेको र भेनेजुएलाको कराकासस्थित घरबाट पक्राउ गरिएको दाबी गरे। न्यायाधीशले भने उक्त विषयमा बोल्ने समय पछि आउने स्पष्ट पारे।

Subisu

६३ वर्षीय मदुरो र उनकी पत्नीलाई शनिबार अमेरिकी सेनाले भेनेजुएलास्थित निवासबाट पक्राउ गरी न्युयोर्क ल्याएको बताइएको छ। सुनुवाइका क्रममा उनीहरू जेलको पोशाकमा देखिएका थिए र स्पेनी अनुवाद सुन्न हेडफोन प्रयोग गरेका थिए। मदुरो सुनुवाइभरि शान्त देखिए पनि अन्त्यतिर एक दर्शकले चिच्याएपछि उनले आफू ‘राष्ट्रपति र युद्धबन्दी’ भएको प्रतिक्रिया दिएका थिए।

अमेरिकाले मदुरोमाथि नर्को आतङ्कवाद, कोकिन आयातको षड्यन्त्र, मेसिनगन तथा विस्फोटक उपकरण राखेको लगायत गम्भीर आरोप लगाएको छ। उनकी पत्नी, छोरा र अन्य केही व्यक्तिसमेत मुद्दामा जोडिएका छन्। धरौटी माग नगरिएकाले दुवै संघीय हिरासतमा रहने अदालतले जनाएको छ।

यस मुद्दाको अर्को सुनुवाइ आगामी १७ मार्चका लागि तोकिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

युद्धविरामको घोषणा भए पनि एसियामा कच्चा तेलको मूल्य किन बढ्यो?

लेवनानमा युद्धविराम लागू नहुने इजरायलको चेतावनी

लेवनानमा युद्धविराम लागू नहुने इजरायलको चेतावनी

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच युद्धविराम, वार्ता इस्लामावादमा हुने

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच युद्धविराम, वार्ता इस्लामावादमा हुने

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

सिरिया-लेबनान सीमाको क्रसिङ नजिक आक्रमण गर्ने इजरायलले चेतावनी

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

ताजा समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host