Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

काठमाडौं। बाढीले जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुर्‍याएपछि यस वर्ष विद्युत् निर्यातमा असर परेको छ। तर, उत्पादनमा अवरोधका बाबजुद नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो चार महिनामै २० अर्ब रुपैयाँभन्दा बढीको बिजुली विदेशमा बिक्री गरेको छ।

साउनदेखि कात्तिकसम्मको अवधिमा प्राधिकरणले भारत र बंगलादेशमा २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् निर्यात गरेको हो। यसबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणको प्रारम्भिक तथ्यांक छ। निर्यात भएको विद्युत्को औसत मूल्य प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा परेको छ।

Subisu

यस वर्षको विद्युत् निर्यातमा प्राकृतिक विपद्को प्रभाव देखिएको छ। भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीले उत्पादन गृह र प्रसारण संरचनामा क्षति पुर्‍याउँदा केही आयोजनाको विद्युत् उत्पादन बन्द भएको थियो। निर्यात अनुमति पाएका आयोजनासमेत प्रभावित भएपछि अपेक्षित परिमाणमा विद्युत् बिक्री हुन नसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार आयोजनामा क्षति पुगे पनि आन्तरिक माग पूरा गरेपछि बाँकी रहेको विद्युत् निर्यात गर्न प्राधिकरण सफल भएको छ।

चार महिनाको निर्यात विवरणमा असोज सबैभन्दा बढी आम्दानी भएको महिना बनेको छ। असोजमा ६५ करोड ९ लाख युनिट विद्युत् बिक्रीबाट ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ प्राप्त भएको थियो। त्यसबेला प्रतियुनिट औसत बिक्री मूल्य ९ रुपैयाँ ३१ पैसा थियो।

साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यातबाट ५ अर्ब १३ करोड ३९ लाख रुपैयाँ र भदौमा ५७ करोड ८७ लाख युनिट बिक्रीबाट ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ आम्दानी भएको थियो। कात्तिकमा निर्यात घटेर ५२ करोड ९३ लाख युनिटमा झरेको छ। यसबाट ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ प्राप्त भएको छ। कात्तिकमा प्रतियुनिट औसत बिक्री मूल्य ७ रुपैयाँ ६८ पैसा कायम भएको थियो।

नेपालले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री गर्दै आएको छ। भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड र रियल टाइम मार्केटमार्फत हुने कारोबारका अतिरिक्त भारतका हरियाणा र बिहार राज्यसँगको मध्यकालीन सम्झौताअनुसार पनि विद्युत् बिक्री भइरहेको छ।

त्यस्तै, भारत र बंगलादेशसँगको त्रिपक्षीय व्यवस्थाअनुसार नेपालले बंगलादेशमा पनि विद्युत् निर्यात गर्दै आएको छ। हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् पठाउने व्यवस्था छ। भारतसँगको कारोबार भारतीय रुपैयाँमा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

अकाशे पुलले जोडिदै वीर अस्पतालका दुई भवन, अब बिरामीलाई सडक पार गराउनुपर्ने बाध्यता हट्ने

ताजा समाचार

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host