Outline Khabar
बुधबार, कार्तिक २६, २०८३
Wednesday, November 11, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, कार्तिक २६, २०८३
Wednesday, November 11, 2026
                                                       
No Result
View All Result

साउदीमा तेल क्षेत्र र विमानस्थलसम्म ड्रोन आक्रमण, एक नेपालीको मृत्यु

हुथी विद्रोहीसँगको द्वन्द्व चर्किँदा साउदीका ऊर्जा पूर्वाधार र विमानस्थल निशानामा, आक्रमण रोक्ने क्रममा खसेका ड्रोनका टुक्राले श्रमिकको ज्यान लियो

साउदीमा तेल क्षेत्र र विमानस्थलसम्म ड्रोन आक्रमण, एक नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबमा तेल क्षेत्रदेखि विमानस्थलसम्म सुरक्षा चुनौती बढिरहेका बेला साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली श्रमिकको मृत्यु भएको छ। घटनामा एक फिलिपिनो नागरिकको पनि मृत्यु भएको छ भने भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन्।

साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो। तर, ड्रोन खसाल्ने क्रममा उत्पन्न टुक्रा खस्दा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो। त्यस घटनामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका हुन्।

Subisu

मन्त्रालयका अनुसार आगलागी प्रशोधन केन्द्रको परिधिबाहिर भएको थियो। घटनाले तेल क्षेत्रको सञ्चालनमा असर नपारेको पनि मन्त्रालयले जनाएको छ। मृत्यु भएका नेपालीको परिचय र ठेगाना भने सार्वजनिक गरिएको छैन।

साउदीमा किन बढ्दै छ आक्रमण?

साउदी अरबमा पछिल्ला दिनमा ड्रोन आक्रमणको जोखिम बढ्नुको प्रमुख पृष्ठभूमिमा यमनका हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीच चर्किएको द्वन्द्व रहेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ।

अक्टोबर १३ मा यमनका हुथी विद्रोहीले साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा रहेका आफ्ना क्षेत्रमाथि आक्रमण गरे साउदी अराम्कोको मुख्यालय, रियादको प्रमुख विमानस्थल र अराम्कोको रिफाइनरीलाई निशाना बनाउने चेतावनी दिएका थिए। त्यसपछि साउदी अरबको पूर्वी प्रान्तमा सम्भावित खतराबारे चेतावनी जारी गरिएको थियो। केही समयपछि भने खतरा टरेको घोषणा गरिएको थियो।

अक्टोबर २१ मा शैबाह तेल क्षेत्रमाथि ड्रोन आक्रमणको प्रयास भयो। त्यसै दिन साउदी नेतृत्वको गठबन्धनले विभिन्न घटनामा सातवटा ड्रोन रोकेको जनाएको थियो। अक्टोबर २२ मा पूर्वी प्रान्तमा थप चारवटा ड्रोन रोकेर नष्ट गरिएको समाचार सार्वजनिक भएको छ।

यसअघि पनि साउदी अराम्कोको पूर्वी सहर धहरानस्थित मुख्यालयलाई लक्षित गरी आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विमानस्थलमा पनि आक्रमण, अमेरिकाले कर्मचारी फिर्ता बोलायो

अक्टोबर २१ मा साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु र आठ जना घाइते भएको समाचार एजेन्सी अनादोलुले जनाएको छ।

बढ्दो सुरक्षा जोखिमका बीच अमेरिकाले साउदी अरबमा कार्यरत आफ्ना गैरआपत्कालीन सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई देश छाड्न निर्देशन दिएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रियादस्थित अमेरिकी दूतावासले विमानस्थल प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन आग्रह गरेको थियो।

यी घटनाले साउदी अरबमा सुरक्षा चुनौती तेल प्रशोधन केन्द्रमा मात्र सीमित नरहेको देखाउँछन्। ऊर्जा पूर्वाधार, विमानस्थल र अन्य महत्त्वपूर्ण सुविधालाई लक्षित गरी आक्रमण भइरहेका छन्।

यद्यपि शैबाह तेल क्षेत्रमा भएको पछिल्लो घटनाको जिम्मेवारी हुथी विद्रोहीले तत्काल लिएको पुष्टि भएको छैन।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यस वर्षको तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने अनुमान

आज भाइटीका: ११ः०७ बजे उत्तम साइत, दिनभर टीका लगाउन मिल्ने

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

दशौँ राष्ट्रिय खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

टाइमको प्रभावशाली सूचीमा अर्थमन्त्री वाग्ले

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

कर्णाली राजमार्गमा ३०० मिटर तल खस्यो जीप: एकको मृत्यु, पाँच जना गम्भीर

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

दिल्लीको वायु प्रदूषण गम्भीर, धेरै क्षेत्रमा एक्यूआई ४०० नाघ्यो

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host