काठमाडौं। आज सोमबार पनि काठमाडौं उपत्यकासहित देशका कयौं स्थानमा पानी पर्ने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पानी पर्ने आकलन छ। बादल भने सबै प्रदेशमा लाग्ने देखिन्छ। विशेषगरी मध्य र पूर्वी नेपालमा असर बढी हुने देखिन्छ।
काठमाडौंमा शनिबार र आइतबार वर्षा भएको थियो। आज सोमबार पनि बादल लागेको छ। दिउँसोपछि वर्षा हुने अनुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भूभाग लगायत कर्णालीका हिमाली भूभागको थोरै स्थानमा हल्का वर्षा हुने आकलन छ।
त्यस्तै, मङगलबार कोशी, मधेश, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका थोरै स्थान साथै सुदूरपश्चिम तराई भूभागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ।












