काठमाडौं। नेपाली बजारमा आज आइतबार सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ।
चाँदी प्रतितोला चार हजार नौ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदीको भाउ चार हजार नौ सय ४५ रुपैयाँ
थियो।












