Outline Khabar
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
                                                       
No Result
View All Result

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

फागुनमा चुनाव गर्ने तयारीका बीच ७५३ स्थानीय तहमा उम्मेदवार खोज्दै, पार्टी सदस्यता, प्रशिक्षण र मूल्याङ्कनका आधारमा टिकट दिने तयारी

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा जुटेको छ। आगामी फागुनमा निर्वाचन गर्ने तयारी भइरहेका बेला पार्टीले उम्मेदवार बन्न चाहने व्यक्तिको योग्यता, क्षमता र सार्वजनिक छविका आधारमा छनोट प्रक्रिया अघि बढाएको हो।

नेपालमा ७५३ स्थानीय तह छन्। ती स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडाका विभिन्न पदमा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले रास्वपाका लागि यो प्रक्रिया संगठन विस्तार र चुनावी प्रतिस्पर्धाको तयारीसँग पनि जोडिएको छ।

Subisu

रास्वपाले उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘क्यान्डिडेट क्लब’ को व्यवस्था गरेको छ। उम्मेदवार बन्न चाहनेले यसमा आवेदन दिएपछि निर्धारित प्रक्रिया पूरा गर्नुपर्नेछ। आवेदन दिनु वा क्लबमा आबद्ध हुनु मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने सुनिश्चितता भने होइन। अन्तिम छनोटका लागि विभिन्न चरणको मूल्याङ्कन पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपाबाट उम्मेदवार बन्न चाहने व्यक्तिले सबैभन्दा पहिले सम्बन्धित पालिका वा वडा तहको क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। आवेदनका क्रममा व्यक्तिगत पृष्ठभूमि, अनुभव, विशेषज्ञता र आधारभूत योग्यतासम्बन्धी विवरण परीक्षण गरिनेछ।

उम्मेदवार छनोटमा लोकप्रियता वा चुनाव जित्ने सम्भावनालाई मात्रै आधार बनाइने छैन। सार्वजनिक आचरण, इमानदारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता र लोकतान्त्रिक संस्कारलाई पनि मूल्याङ्कनको आधार बनाइने व्यवस्था छ।

त्यसपछि आकांक्षीले लिडरसिप एकेडेमीअन्तर्गत सञ्चालन हुने प्रशिक्षण तथा परीक्षण प्रक्रियामा सहभागी हुनुपर्नेछ। यस प्रक्रियाले उम्मेदवारको नेतृत्व क्षमता, सार्वजनिक जिम्मेवारीप्रतिको बुझाइ र स्थानीय तह सञ्चालन गर्न सक्ने योग्यताको परीक्षण गर्नेछ।

अर्को दलबाट आएकालाई ९० दिनको प्रतीक्षा

रास्वपाले उम्मेदवार छनोट प्रक्रियामा पार्टी सदस्यताको अवधि पनि तोकेको छ। व्यवस्थाअनुसार पहिलोपटक राजनीतिक दलको सदस्य बनेका व्यक्तिले पार्टी सदस्यता लिएको कम्तीमा ४५ दिन पूरा गरेको हुनुपर्नेछ।

अन्य राजनीतिक दलबाट रास्वपामा प्रवेश गरेका व्यक्तिका हकमा भने ९० दिनको कुलिङ पिरियड राखिएको छ। यस व्यवस्थाले निर्वाचन नजिकिँदै गर्दा मात्रै पार्टी प्रवेश गरेर तत्काल उम्मेदवार बन्न खोज्नेहरूलाई निरुत्साहित गर्ने उद्देश्य राखेको देखिन्छ।

तर विशेष परिस्थितिमा प्रतिष्ठित, विज्ञ वा विशिष्ट क्षमता भएका व्यक्तिलाई कुलिङ पिरियड पूरा नगरे पनि विशेष प्रक्रियामार्फत उम्मेदवार छनोटमा सहभागी गराउन सकिने व्यवस्था छ। यसका लागि पदअनुसार सम्बन्धित पार्टी समितिको औपचारिक लिखित सहमति आवश्यक पर्नेछ।

 मूल्याङ्कनपछि मात्रै टिकट

रास्वपाले उम्मेदवार छनोटलाई नेताको सिफारिस वा व्यक्तिगत पहुँचमा मात्रै सीमित नराखी निश्चित मापदण्डका आधारमा अघि बढाउने नीति लिएको छ। उम्मेदवारको जनस्वीकार्यता, नेतृत्व क्षमता, सार्वजनिक आचरण र स्थानीय आवश्यकताबारेको बुझाइलाई छनोटमा महत्त्व दिइनेछ।

पार्टीले उम्मेदवार छनोटका क्रममा आर्थिक चलखेल, धाँधली, गुटबन्दी र चरित्र हत्याजस्ता गतिविधिलाई निरुत्साहित गर्ने नीति पनि अघि सारेको छ।

यस प्रक्रियाले स्थानीय तहमा उम्मेदवार बन्न चाहने पार्टी सदस्यलाई सुरुदेखि नै छनोटका विभिन्न चरणमा सहभागी हुनुपर्ने बनाएको छ। त्यसैले पार्टी सदस्यता लिएर मात्रै टिकट पाउने अवस्था छैन। निर्धारित योग्यता, प्रशिक्षण र मूल्याङ्कनका चरण पूरा गरेपछि मात्रै उम्मेदवार बन्ने बाटो खुल्नेछ।

आगामी निर्वाचनमा देशभरका स्थानीय तहमा प्रतिस्पर्धा गर्नुपर्ने रास्वपाका लागि उम्मेदवार छनोटको यो अभ्यास संगठनको स्थानीय उपस्थितिसँगै चुनावी रणनीतिको पनि महत्त्वपूर्ण हिस्सा हुनेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

चालू खाता बचत बलियो, आर्थिक वृद्धि कमजोर : आईएमएफ

ताजा समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host