Outline Khabar
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
                                                       
No Result
View All Result

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

बैंकहरूले सम्पर्क अधिकारी र ड्युटी इमेल उपलब्ध गराउनुपर्ने

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं। चाडपर्वका सार्वजनिक बिदामा बैंकिङ ठगीका घटना भए तत्कालै कारबाही अघि बढाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र प्रहरीबीच समन्वयको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

अब बैंकहरूले शंकास्पद कारोबार पहिचान गरी रोक्का गर्न र अनुसन्धानका लागि आवश्यक विवरण उपलब्ध गराउन जिम्मेवार अधिकारी तोक्नुपर्नेछ।

Subisu

नेपाल राष्ट्र बैंकले विजयादशमी, दीपावली तथा छठ पर्व, २०८३ लाई लक्षित गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले साइबर ठगीसम्बन्धी घटनामा तत्काल समन्वय गर्न सक्ने सम्पर्क व्यक्ति ९फोकल पर्सन० तोक्नुपर्नेछ। उक्त व्यक्तिको नाम, पद र मोबाइल नम्बरका साथै २४ सै घण्टा निगरानी हुने ड्युटी वा अनकल इमेल ठेगाना नेपाल प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ।

बैंकहरूले उक्त विवरण नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगाना अदउष्ििबचद्द२लभउबउियष्अिभ।नयख।लउ मा पठाउनुपर्नेछ।

राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनामा कारोबार विवरण समयमै उपलब्ध गराउन पनि निर्देशन दिएको छ। ठगीको आशंका भएका खाता तथा कारोबार पहिचान भएपछि तत्काल रोक्का गर्ने र अनुसन्धान प्रक्रियालाई सहज बनाउने व्यवस्था मिलाउनुपर्नेछ।

सार्वजनिक बिदाका समयमा बैंकका नियमित कार्यालय बन्द रहे पनि साइबर ठगीका घटनामा तत्काल समन्वय गर्नुपर्ने आवश्यकता हुन्छ। शंकास्पद कारोबारबारे जानकारी प्राप्त भए पनि सम्बन्धित बैंकका अधिकारीसँग सम्पर्क हुन नसक्दा अनुसन्धान र रकम रोक्का गर्ने प्रक्रियामा ढिलाइ हुन सक्ने जोखिम रहन्छ।

राष्ट्र बैंकको निर्देशनले यस्तो अवस्थामा बैंक र प्रहरीबीच सम्पर्क स्थापित गर्ने संयन्त्र तयार गर्न खोजेको छ। सम्पर्क अधिकारी र २४ घण्टा निगरानी हुने इमेलको विवरण उपलब्ध भएपछि ठगीसम्बन्धी सूचना आदानप्रदान तथा आवश्यक कारोबार विवरण प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

विद्युतीय भुक्तानी र डिजिटल बैंकिङ सेवाको प्रयोग भइरहने चाडपर्वको समयमा शंकास्पद कारोबारलाई समयमै पहिचान गर्नु रकम थप स्थानान्तरण हुन नदिन महत्त्वपूर्ण हुन्छ। त्यसैले राष्ट्र बैंकले बैंकहरूलाई सम्पर्क व्यक्ति तोक्नेमात्र नभई कारोबार विवरण उपलब्ध गराउने, शंकास्पद खाता रोक्का गर्ने र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने जिम्मेवारीसमेत स्मरण गराएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

चालू खाता बचत बलियो, आर्थिक वृद्धि कमजोर : आईएमएफ

ताजा समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host