Outline Khabar
आइतवार, मंसिर ७, २०८३
Sunday, November 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर ७, २०८३
Sunday, November 22, 2026
                                                       
No Result
View All Result

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

३५ दिनभित्र सम्पर्कमा नआएका व्यक्तिको आर्थिक कारोबार नियन्त्रण गर्ने सरकारको तयारी, मंसिर १४ गते राष्ट्र बैंकलाई पत्राचार गरिने 

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गरेर फरार हुने व्यक्तिमाथि सरकारले आर्थिक नाकाबन्दीको तयारी गरेको छ। ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका तर सम्पर्कमा नआएका व्यक्तिको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवका अनुसार वैदेशिक रोजगार विभागले फरार व्यक्तिहरूको विवरण संकलन गरी नेपाल राष्ट्र बैंकमा पठाउने तयारी गरेको छ। यसका लागि आगामी मंसिर १४ गते राष्ट्र बैंकलाई औपचारिक पत्र पठाइनेछ।

Subisu

विभागले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो। तोकिएको समयभित्र उपस्थित नभए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गर्ने चेतावनीसमेत दिइएको थियो।

सूचनाको म्याद पूरा भएपछि विभागले सम्पर्कमा नआएका व्यक्तिहरूको सूची तयार पार्न सम्बन्धित शाखालाई निर्देशन दिएको छ। उक्त सूची राष्ट्र बैंकमा पठाएर बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने मन्त्री यादवले बताएका छन्।

सरकारको यो कदमले वैदेशिक रोजगारीका नाममा रकम असुलेर फरार हुने व्यक्तिको आर्थिक कारोबार नियन्त्रण गर्ने र उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वैदेशिक रोजगार ठगीका घटनामा पीडितले रकम फिर्ता पाउन लामो समय कुर्नुपर्ने र अभियुक्त फरार हुँदा न्यायिक प्रक्रिया प्रभावित हुने समस्या छ। बैंक खाता रोक्का गर्ने प्रक्रियाले फरार व्यक्तिको आर्थिक गतिविधि नियन्त्रण गर्नुका साथै अनुसन्धान र कानुनी कारबाहीलाई प्रभावकारी बनाउन सक्ने सरकारको अपेक्षा छ।

मन्त्रालय र विभागले वैदेशिक रोजगार ठगी नियन्त्रण, पीडितलाई न्याय र ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यले यो प्रक्रिया अघि बढाएका हुन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

मधेशमा फेरि सत्ता अस्थिरताको जोखिम, मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन सकस

मधेशमा फेरि सत्ता अस्थिरताको जोखिम, मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन सकस

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक एनपीएलको च्याम्पियन, मुन्सेको कीर्तिमानी शतक

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक एनपीएलको च्याम्पियन, मुन्सेको कीर्तिमानी शतक

काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग : १६९ मध्ये ३६ वटामा मात्रै राम्रो सरसफाइ, १४ वटा बन्द

काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग : १६९ मध्ये ३६ वटामा मात्रै राम्रो सरसफाइ, १४ वटा बन्द

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

राहत वितरणमा ढिलाइ भएपछि मन्त्री तिमिल्सिनाले नै लिए चासो, प्रभावितको विवरण तत्काल संकलन गर्न आग्रह

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, ३४ सदस्यीय सरकारी टोली जाने

धादिङमा बोलेरो ४ सय मिटर तल खस्यो, एक महिलाको मृत्यु, ९ जना घाइते

धादिङमा बोलेरो ४ सय मिटर तल खस्यो, एक महिलाको मृत्यु, ९ जना घाइते

ताजा समाचार

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, राष्ट्र बैंकलाई पत्र पठाउने तयारी

मधेशमा फेरि सत्ता अस्थिरताको जोखिम, मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन सकस

मधेशमा फेरि सत्ता अस्थिरताको जोखिम, मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन सकस

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक एनपीएलको च्याम्पियन, मुन्सेको कीर्तिमानी शतक

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक एनपीएलको च्याम्पियन, मुन्सेको कीर्तिमानी शतक

काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग : १६९ मध्ये ३६ वटामा मात्रै राम्रो सरसफाइ, १४ वटा बन्द

काठमाडौंमा सार्वजनिक शौचालयको बिजोग : १६९ मध्ये ३६ वटामा मात्रै राम्रो सरसफाइ, १४ वटा बन्द

बाढीको भेल रोकियो, तर रोकिएको छैन पीडाको भेल

राहत वितरणमा ढिलाइ भएपछि मन्त्री तिमिल्सिनाले नै लिए चासो, प्रभावितको विवरण तत्काल संकलन गर्न आग्रह

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, ३४ सदस्यीय सरकारी टोली जाने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host