Outline Khabar
बिहिबार, मंसिर ४, २०८३
Thursday, November 19, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, मंसिर ४, २०८३
Thursday, November 19, 2026
                                                       
No Result
View All Result

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलनसम्बन्धी अनुसन्धान उच्चपदस्थ सरकारी अधिकारीसम्म पुगेको छ।

प्रकरणमा बुधबार पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। यसै प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

Subisu

जिल्ला अदालत काठमाडौंले बिहीबार पूर्वमन्त्रीद्वय र श्रम मन्त्रालयका चार कर्मचारीलाई हिरासतमा राख्न चार दिनको म्याद थप गरेको हो। उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार राति पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय कुँवर र यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङ छन्।

सीआईबीका अनुसार उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी

अनुसन्धानको दायरामा पूर्वमुख्यसचिव एकनारायण अर्यालसमेत तानिएका छन्। सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिएका छन्।

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको आर्थिक अनियमिततामा मन्त्रालयका तत्कालीन मन्त्रीदेखि सचिव र अन्य उच्चपदस्थ अधिकारीसम्मको भूमिकाबारे अनुसन्धान भइरहेको छ। पक्राउ पुर्जी जारी भएसँगै यस प्रकरणमा अर्यालको भूमिकासमेत अनुसन्धानको विषय बनेको छ।

एक अर्ब ६९ करोडभन्दा बढी अपचलनको आरोप

मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी अपचलन गरेको आरोप सम्बन्धित व्यक्तिहरूमाथि छ।

अनुसन्धानमा अमेरिकी डलर ३ लाख ७० हजार ४३९ र बेलायती मुद्रा ३७ लाख १७ हजार ९०.८० गरी कुल एक अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम अपचलन भएको दाबी गरिएको छ।

यसअघि पनि यही प्रकरणमा व्यवसायी कैलाश खड्कासहित चार जना पक्राउ परिसकेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

महँगीमा दबाब: जेठ महिनामा उपभोक्ता मुद्रास्फीति बढेर ५.२२ प्रतिशत पुग्यो, थोक महँगी झन्डै साढे ८ प्रतिशत

भारतभन्दा नेपालमा महँगी बढी, तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो बेनी हाइड्रोपावरको आइपिओ

सरकारी जलविद्युत् आयोजनाको पिपिए खुल्दै, पहिलो चरणमा करिब एक हजार मेगावाट

अप्टिकल फाइबरमा चुहावट हुँदा इन्टरनेटमा समस्या

२९ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने अल्टिमेटम, लाइसेन्स खारेजीको चेतावनी

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङ ब्रेकथ्रु

ताजा समाचार

महँगीमा दबाब: जेठ महिनामा उपभोक्ता मुद्रास्फीति बढेर ५.२२ प्रतिशत पुग्यो, थोक महँगी झन्डै साढे ८ प्रतिशत

भारतभन्दा नेपालमा महँगी बढी, तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमन्त्रीद्वयलाई चार दिन हिरासतमा राख्न अनुमति, पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो बेनी हाइड्रोपावरको आइपिओ

सरकारी जलविद्युत् आयोजनाको पिपिए खुल्दै, पहिलो चरणमा करिब एक हजार मेगावाट

अप्टिकल फाइबरमा चुहावट हुँदा इन्टरनेटमा समस्या

२९ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने अल्टिमेटम, लाइसेन्स खारेजीको चेतावनी

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

भीमफेदीमा अर्काे ठूलो दुर्घटना : दुई युवतीसहित तीनको मृत्यु, ७ घाइते

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

ओलीको चुनौती : ‘सबैलाई थुन्ने हो भने गृहमन्त्रीचाहिँ कोबाट जोगिन्छन्?’

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host