काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्य नियुक्त भएका छन्।
नेपाली कांग्रेसका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा ३६ (घ) बमोजिम डा आचार्यलाई साउन १ गतेदेखि लागू हुने गरी कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
पार्टीद्वारा जारी प्रेस नोटअनुसार डा आचार्य भक्तपुर निवासी हुन्। उनी यसअघि कांग्रेस प्रचार विभागका पूर्वउपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति रहिसकेका छन्।












