Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

कानुनी अयोग्यता, फौजदारी कसुरमा सजाय, दोहोरो उम्मेदवारी प्रक्रिया र पार्टी सदस्यताको सर्त पूरा नगर्नेहरू छनोटबाट बाहिरिने

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने सबैले टिकट पाउने छैनन्।

कानुनी तथा संवैधानिक अयोग्यता भएका, निश्चित फौजदारी कसुरमा सजाय पाएका, पार्टीले तोकेको सदस्यता अवधि पूरा नगरेका तथा उम्मेदवार छनोटसम्बन्धी सर्त उल्लङ्घन गर्ने व्यक्तिहरू उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।

Subisu

रास्वपाको उम्मेदवार छनोटसम्बन्धी व्यवस्थाअनुसार नेपाली नागरिक नभएका, मनोनयन दर्ताको अन्तिम मितिसम्म २१ वर्ष उमेर पूरा नगरेका तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम नभएका व्यक्ति स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्।

त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा तिनको स्वामित्व वा नियन्त्रणमा रहेका अथवा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्तिले पनि कानुनले तोकेको अवस्था र सर्तअनुसार उम्मेदवार बन्न पाउँदैनन्।

फौजदारी कसुरमा सजाय पाएकालाई बन्देज

भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन, लागूऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई फैसला अन्तिम भएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था छ।

कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाएका व्यक्तिसमेत उम्मेदवार बन्न पाउँदैनन्।

सङ्गठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाएका व्यक्तिले सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नगरेसम्म उम्मेदवार बन्न पाउने छैनन्।

त्यस्तै, जातीय भेदभाव तथा छुवाछुत, बोक्सीको आरोपमा हुने कसुर वा बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएका व्यक्तिले सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नगरेसम्म उम्मेदवारी दिन पाउने छैनन्।

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई सजाय भोगेको मितिले दुई वर्ष पूरा नभएका व्यक्ति पनि अयोग्य हुने व्यवस्था छ। कालोसूचीमा रहेका अवधिभर र मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई समेत उम्मेदवार बन्न बन्देज लगाइएको छ।

संघीय निर्वाचनमा सहभागी भएकालाई पनि सर्त

रास्वपाको उम्मेदवार छनोट प्रक्रियामा संघीय निर्वाचनसँग सम्बन्धित केही बन्देजसमेत राखिएका छन्। संघीय सांसद, संघीय निर्वाचनमा पार्टीको टिकट पाएर पराजित भएका तथा समानुपातिक उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा आवेदन दिन पाउने छैनन्।

तर, २०८२ को संघीय निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएर टिकट नपाएका वा समानुपातिक बन्दसूचीमा नाम समावेश नभएका व्यक्तिले पालिका प्रमुख वा उपप्रमुख पदका लागि आवेदन दिन सक्ने व्यवस्था छ।

त्यस्तै, पार्टीको आन्तरिक छनोट प्रक्रियाबाट आधिकारिक उम्मेदवार बनेर स्थानीय तहको निर्वाचनमा सहभागी भएका सदस्यले सोही निर्वाचन चक्रभित्र हुने प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

 पार्टी सदस्यता र कुलिङ पिरियड अनिवार्य

रास्वपाबाट उम्मेदवार बन्न चाहने व्यक्तिले क्यान्डिडेट क्लबमा आवेदन दिनुअघि अन्य राजनीतिक दलको सदस्यता त्यागेको हुनुपर्नेछ। पार्टीले तोकेको कुलिङ पिरियड अर्थात् सदस्यता लिएको न्यूनतम अवधि पूरा नगरेका व्यक्तिले पनि उम्मेदवार बन्न पाउने छैनन्।

आवेदन फारममा झुटो विवरण, नक्कली वा गलत कागजात तथा झुटो स्वघोषणा पेस गर्ने व्यक्तिसमेत छनोट प्रक्रियाका लागि अयोग्य हुने व्यवस्था छ।

यसरी उम्मेदवार बन्ने योग्यता केवल उमेर, नागरिकता र मतदाता नामावलीमा नाम समावेश भएको विषयमा मात्र सीमित छैन। कानुनी अवस्था, विगतको सजाय, सरकारी पदमा बहाल रहेको अवस्था, पार्टी सदस्यता र आन्तरिक छनोटका सर्तसमेत पूरा गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

चालू खाता बचत बलियो, आर्थिक वृद्धि कमजोर : आईएमएफ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host