Outline Khabar
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
                                                       
No Result
View All Result

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

राजदूत पदमा उच्च नैतिकता आवश्यक रहेको सांसदहरूको निष्कर्ष, मलेसियाका लागि प्रस्तावित खरेलको नाममा पनि निर्णय हुन बाँकी

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

काठमाडौं। संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत गरेको छ। महिला हिंसालगायतका गम्भीर उजुरी, पारिवारिक विषय र सुनुवाइका क्रममा उठेका प्रश्नका कारण उनको नाम अनुमोदन हुन नसकेको हो।

बुधबार बसेको समितिको बैठकमा सुनारको नाम अनुमोदनका लागि प्रस्ताव हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले उनको नियुक्तिको उपयुक्ततामाथि प्रश्न उठाएका थिए। त्यसपछि समितिले उनको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो।

Subisu

रास्वपा सांसद गजला समीम मिकरानीले सुनार राजदूत पदका लागि उपयुक्त नलागेको बताइन्। उनले भनिन्, ‘राजदूत पदका लागि उपयुक्त लागेको छैन।’

रास्वपा संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले पनि सुनारलाई राजदूत बनाउन नमिल्ने धारणा राखे। राजदूत पद देशको प्रतिष्ठासँग जोडिएको र त्यसका लागि उच्च नैतिकता आवश्यक हुने उनको भनाइ थियो।

‘देशको राजदूत भएर जाने प्रतिष्ठित पद हो। समितिले उजुरी माग गरेपछि केही जानकारी प्राप्त भयो। त्यो अध्ययन गर्दा र सुनुवाइका क्रममा प्रश्न गर्दा पनि आफ्नो परिवार र अन्य कुरा पनि छर्लंग गर्नुभयो,’ बुर्लाकोटीले भने, ‘राजदूत पद त्यसैले उच्च नैतिकतासँग जोडिएर आउने हुन्छ।’

सुनारविरुद्ध महिला हिंसालगायतका गम्भीर उजुरी परेको विषय पनि उनको नाम अस्वीकृत हुनुको कारण बनेको छ। उजुरी र सुनुवाइका क्रममा उठेका विषयलाई आधार बनाएर सांसदहरूले उनको नियुक्तिको उपयुक्ततामाथि प्रश्न उठाएका थिए।

त्यसपछि समिति सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका थिए।

१० राजदूतको नाम सर्वसम्मत अनुमोदन

समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरूको नाम भने सर्वसम्मतिले अनुमोदन गरेको छ। अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा छन्।

त्यस्तै, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि डा. पद्माक्षी राणा, दक्षिण कोरियाका लागि डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन भएको छ।

अनुमोदित राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्रालयलाई जानकारी पठाउन समिति सभापति श्रेष्ठले सचिवालयलाई निर्देशन दिएका छन्।

मलेसियाका लागि प्रस्तावित खरेलको नाममा पनि प्रश्न

मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम पनि अस्वीकृत भएको विवरणमा उल्लेख छ। तर, समितिको बैठकसम्बन्धी अर्को विवरणमा खरेल र जापानका लागि प्रस्तावित जिग्यानकुमार थापाको नाममा निर्णय हुन बाँकी रहेको जनाइएको छ। त्यसैले यी दुई प्रस्तावित राजदूतबारे समितिको अन्तिम निर्णय स्पष्ट हुन आवश्यक छ।

सरकारले असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न १३ देशका लागि राजदूत प्रस्ताव गरेको थियो। ती नाम संसदीय सुनुवाइका लागि समितिमा पठाइएको थियो। समितिले सोमबारदेखि बुधबारसम्म निरन्तर सुनुवाइ गरेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

चालू खाता बचत बलियो, आर्थिक वृद्धि कमजोर : आईएमएफ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host