Outline Khabar
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, मंसिर १४, २०८३
Sunday, November 29, 2026
                                                       
No Result
View All Result

शनिबारसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिम

शनिबारसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिम

काठमाडौं। बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ।

चक्रवातको प्रभाव र पश्चिमी वायुको आंशिक असरका कारण देशभर सामान्यतया बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

Subisu

महाशाखाका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ।

पाँच प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

शुक्रबार र शनिबार मौसम थप प्रतिकूल हुने 

महाशाखाले बिहीबार दिउँसो देशभर सामान्यतया बादल लाग्ने जनाएको छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्छ। मधेश प्रदेशसहित कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्रमा र अन्य प्रदेशका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने अनुमान छ। मधेश तथा लुम्बिनी र गण्डकीका पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।

शुक्रबार देशभर अधिकांश बादल लाग्ने र धेरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्छ।

शुक्रबार राति देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा वा हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ।

शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्छ। यीमध्ये पाँच प्रदेशका थोरै स्थानमा भारी वर्षा वा हिमपात र कोशी, मधेश, बागमती तथा गण्डकीका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

शनिबार रातिदेखि भने मौसममा क्रमिक सुधार आउने संकेत देखिएको छ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा वा हिमपात तथा तराईका एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आइतबार देशभर आंशिक बादल लाग्ने अनुमान छ। हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ। तराई, उपत्यका तथा खोँचमा बिहान हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ।

हिमाली यात्रामा विशेष सतर्कता 

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै महाशाखाले कृषि कार्यमा संलग्न किसानलाई धानबाली भित्र्याउनेलगायतका काम बिहीबारअघि नै सम्पन्न गर्न आग्रह गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली भूभागमा नजान अनुरोध गरिएको छ। त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन पनि महाशाखाले आग्रह गरेको छ।

वर्षाका कारण पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र चिसो बढ्ने जोखिमसमेत रहेकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न भनिएको छ।

चक्रवातको प्रभावका कारण आगामी तीन दिन देशका विभिन्न भागमा मौसम प्रतिकूल हुन सक्ने भएकाले यात्रा, कृषि कार्य तथा दैनिक गतिविधि सञ्चालन गर्दा मौसम पूर्वानुमान र आधिकारिक सूचनालाई ध्यान दिन आवश्यक देखिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

पक्राउ परेका व्यक्तिलाई मुद्दा नचलाइ रिहा गरिदिने भन्दै पैसा असुल, पाँच जना ‘नक्कली प्रहरी निरीक्षक’ पक्राउ

मध्यपूर्व तनावको असरले नेपालमा विद्युत खपत उच्च, १२०० नयाँ ट्रान्सफर्मर खरिद गर्दै प्राधिकरण

चार महिनामा सवा २ अर्ब युनिट बिजुली निर्यात, २० अर्ब आम्दानी

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

सरकारका कामकारबाहीप्रति कांग्रेसको आपत्ति, अब सशक्त प्रतिपक्षी भूमिका खेल्ने निर्णय

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

इपिजी प्रतिवेदन बुझ्न मोदीले समय दिने नेपालको विश्वास, सीमा विवाद कूटनीतिक रूपमा टुंग्याउने प्रतिबद्धता

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

सात महिना बित्दा पनि सुकुम्बासीको बासको टुंगो लागेन, अब होल्डिङ सेन्टरबाट समेत हटाइँदै

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host