काठमाडौं । काठमाडौं महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर बुझाउन सूचना आह्वान गरेको छ ।
काठमाडौं क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको हो । बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक- पटक लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ ।
उक्त अवधिभित्र कर दाखिला नगरे नगराएमा महानगरले आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत बताएको छ ।