Outline Khabar
बुधबार, बैशाख २३, २०८३
Wednesday, May 6, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख २३, २०८३
Wednesday, May 6, 2026
                                                       
No Result
View All Result

विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं : नेता सिटौला

विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रिय सभामा पार्टी संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले आसन्न राष्ट्रिय सभा निर्वाचनमा अन्य दलहरूसँग रणनीतिक तालमेल गरेर अघि बढ्ने तयारी रहेको बताएका छन्।

सोमबार काठमाडौंको जमलमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले राष्ट्रिय सभा निर्वाचनमा सहकार्यका विषयमा कांग्रेसले विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेको जानकारी दिए। तर प्रतिनिधि सभाको आम निर्वाचनमा भने गठबन्धन नगर्ने पार्टीको स्पष्ट अडान रहेको उनले दोहोर्‍याए।

Subisu

उनले भने, “राष्ट्रिय सभामा एक्लै चुनाव लड्दा अपेक्षित नतिजा आउँदैन। त्यसैले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग साझा सहकार्य उपयुक्त हुन्छ। आज बस्ने कार्यसम्पादन समिति बैठकले क्लस्टर र गठबन्धनका विषयमा टुंगो लगाउनेछ।”

सिटौलाका अनुसार कांग्रेसले नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा मधेशकेन्द्रित दलहरूसँग पनि छलफल अघि बढाएको छ।

प्रतिनिधि सभाको निर्वाचनबारे स्पष्ट पार्दै उनले भने, “प्रतिनिधि सभामा एक्लै लड्ने कांग्रेसको बटम लाइन हो। जनतासामु आफ्नै विचार, नीति र कार्यक्रम लिएर जानुपर्छ।”

पार्टीभित्र चलिरहेको विशेष महाधिवेशनको मागबारे सिटौलाले कडा अडान व्यक्त गरे। “विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं। कांग्रेसलाई फुट्न वा कमजोर हुन दिँदैनौं,” उनले भने। विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआई निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै उनले पार्टीभित्र अनावश्यक विवाद नगर्न चेतावनी दिए।

१५औँ महाधिवेशनमा सभापति उम्मेदवारीका विषयमा भने अहिले छलफल गर्ने समय नभएको सिटौलाको भनाइ थियो। “आम निर्वाचनपछि मात्र महाधिवेशन र नेतृत्वबारे कुरा हुन्छ। सभापतिज्यूले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा अहिलेसम्म कुनै संकेत दिनुभएको छैन,” उनले बताए।

उनले वैशाखमा तोकिएको महाधिवेशन र फागुनमा हुने निर्वाचनको तयारीमै पार्टी केन्द्रित हुनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

आफ्नै गाडी चढेर नेपाल घुम्न आउने पर्यटकलाई राहत, अब अनलाइनबाटै इजाजत र राजस्व तिर्न सकिने

आफ्नै गाडी चढेर नेपाल घुम्न आउने पर्यटकलाई राहत, अब अनलाइनबाटै इजाजत र राजस्व तिर्न सकिने

काठमाडौं महानगरले सञ्चालनमा ल्यायो होल्डिङ सेन्टर, पहिलो दिन ३६ जनाको उद्धार

काठमाडौं महानगरले सञ्चालनमा ल्यायो होल्डिङ सेन्टर, पहिलो दिन ३६ जनाको उद्धार

बालेन समूहबाट भूपदेव बने रास्वपा महामन्त्री, यस्तो बन्यो १६ सदस्यीय सचिवालय

रास्वपाले बनायो पार्टी-संसद-सरकार समन्वय समिति, महामन्त्री शाह संयोजक

राष्ट्रपतिले अध्यादेश सदर गरेपछि सरकारले सिफारिस गर्‍यो संसद अधिवेशन

राष्ट्रपतिले अध्यादेश सदर गरेपछि सरकारले सिफारिस गर्‍यो संसद अधिवेशन

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रभानमन्त्रीको घोषणा: शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]

लिपुलेक हँदै मानसरोवर यात्राका लागि भारत र चीनबीचको सहमतिमा कांग्रेसको आपत्ति

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host