Outline Khabar
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज ३०, २०८३
Friday, October 16, 2026
                                                       
No Result
View All Result

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ।

दुई हजार भन्दा धेरै विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

Subisu

प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी काम तीव्र पारिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए।

‘पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरी अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ,’ मन्त्री पोखरेलले भने, ‘यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।’

पहिलो चरणमा निकासा भएको ८९ वटा विद्यालयको विवरण विश्लेषण गर्दा, ८९ मध्ये ३७ प्रतिशतभन्दा बढी अर्थात् ३३ वटा विद्यालय मधेश प्रदेशका परेका छन्।

मधेश प्रदेशको साक्षरता दर, शैक्षिक सूचकांक र सरकारी विद्यालयको गुणस्तर सुधारमा अझ संवेदनशील र गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता रहेकाले बजेट तथा विद्यालय छनोटमा यस प्रदेशलाई उच्च प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। मधेशका ठूला विद्यालयहरूमा पूर्वाधारको अभाव हटाएर पठनपाठनको वातावरण सुधार्नु नै सरकारको मुख्य लक्ष्य रहेको जनाइएको छ।

मधेश प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशमा पनि ठूलो संख्यामा विद्यालयहरू परेका छन्। लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्, जसमा रुपन्देहीका ८ र दाङका ६ वटा विद्यालय समावेश छन्।

त्यस्तै, कोशी प्रदेशबाट १८ वटा विद्यालय परेका छन्, जहाँ झापा र मोरङका ६–६ वटा सहितका विद्यालय सूचीकृत छन्।

अन्य प्रदेशहरूको हकमा, सुदूरपश्चिम प्रदेशका ६ वटा विद्यालय (कैलालीका ३, कञ्चनपुर, दार्चुला र बाजुराका १–१ वटा) यस योजनामा परेका छन्। गण्डकी प्रदेशका ६ वटा विद्यालय (कास्कीका ३, नवलपरासी पूर्वका २ र तनहुँको १ वटा) छनोट भएका छन् भने कर्णाली प्रदेशका ३ वटा विद्यालय (सुर्खेतका २ र जुम्लाको १ वटा) परेका छन्।

बागमती प्रदेशबाट भने दुईवटा विद्यालय मात्र परेका छन्।

सूचीमा हेर्नुहोस्, कुन प्रदेशका कुन विद्यालय ?

१. कोशी प्रदेश (१८ वटा विद्यालय)

त्रियुगा नमूना माध्यमिक विद्यालय – त्रियुगा नगरपालिका, उदयपुर

त्रिवेणी माध्यमिक विद्यालय – कटारी नगरपालिका, उदयपुर

धुलाबारी माध्यमिक विद्यालय – मेचीनगर नगरपालिका, झापा

हिमालय माध्यमिक विद्यालय – दमक नगरपालिका, झापा

देवी माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा

महेन्द्र रत्न माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा

कन्काई माध्यमिक विद्यालय – कन्काई नगरपालिका, झापा

मोहनमाया माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा

भानु माध्यमिक विद्यालय – फुङ्लिङ नगरपालिका, ताप्लेजुङ

फिदिम माध्यमिक विद्यालय – फिदिम नगरपालिका, पाँचथर

साजीलाल माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ

राधिका माध्यमिक विद्यालय – उर्लाबारी नगरपालिका, मोरङ

पञ्चायत माध्यमिक विद्यालय – पथरीशनिश्चरे नगरपालिका, मोरङ

सुकुना माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ

पोखरिया माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ

आदर्श माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ

जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय – बराहक्षेत्र नगरपालिका, सुनसरी

पब्लिक हाई स्कुल – धरान उप महानगरपालिका, सुनसरी

 मधेश प्रदेश (३३ वटा विद्यालय)

शंकट मोचन देवशरण माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा

जनता मोडेल माध्यमिक विद्यालय – विदेह नगरपालिका, धनुषा

विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय – मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा

गोगल प्रसाद नमुना माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा

याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा

नरसिंह माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा

त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा

जिल्ला उचाङ्गाल रामदेव – कलवार माध्यमिक विद्यालय – पोखरिया नगरपालिका, पर्सा

माइस्थान विद्यापिठ माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा

नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय – जितपुर सिमरा उप महानगरपालिका, बारा

दुर्गा माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा

गौरीशंकर माध्यमिक विद्यालय – निजगढ नगरपालिका, बारा

गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय – महागढीमाई नगरपालिका, बारा

श्री ३ चन्द्र माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा

भेरुखी माध्यमिक विद्यालय – लोहरपट्टी नगरपालिका, महोत्तरी

राष्ट्रिय माध्यमिक विद्यालय – साम्सी गाउँपालिका, महोत्तरी

महेन्द्र रा माध्यमिक विद्यालय – रामगोपालपुर नगरपालिका, महोत्तरी

सरस्वती माध्यमिक विद्यालय – गढीमाई नगरपालिका, रौतहट

कटहरिया माध्यमिक विद्यालय – कटहरिया नगरपालिका, रौतहट

जनता माध्यमिक विद्यालय सोनरनिया – मौलापुर नगरपालिका, रौतहट

जुद्द माध्यमिक विद्यालय – गौर नगरपालिका, रौतहट

नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय – राजदेवी नगरपालिका, रौतहट

रामचन्द्र माध्यमिक विद्यालय – गरुडा नगरपालिका, रौतहट

नमुना माध्यमिक विद्यालय वरगजवा – वृन्दावन नगरपालिका, रौतहट

जनज्योति माध्यमिक विद्यालय – चन्द्रपुर नगरपालिका, रौतहट

जय किसन माध्यमिक विद्यालय – देबाही गोनाही गाउँपालिका, रौतहट

माध्यमिक विद्यालय पथरा बुधराम – मौलापुर नगरपालिका, रौतहट

सरस्वती माध्यमिक विद्यालय – दुर्गा भगवती गाउँपालिका, रौतहट

नारायण माध्यमिक विद्यालय – ईश्वरपुर नगरपालिका, सर्लाही

जनज्योती माध्यमिक विद्यालय – लालबन्दी नगरपालिका, सर्लाही

बेनीभोला मोडेल माध्यमिक विद्यालय – गोडैता नगरपालिका, सर्लाही

मोहन माध्यमिक विद्यालय – मिर्चैया नगरपालिका, सिरहा

चन्द्र माध्यमिक विद्यालय – सिरहा नगरपालिका, सिरहा

बागमती प्रदेश (२ वटा विद्यालय)

गान्धी माध्यमिक विद्यालय – कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं

नारायणी नमूना माध्यमिक विद्यालय – भरतपुर महानगरपालिका, चितवन

गण्डकी प्रदेश (६ वटा विद्यालय)

अमरसिंह माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की

कालिका माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की

छोरेपाटन माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की

जनक माध्यमिक विद्यालय – गैडाकोट नगरपालिका, नवलपरासी पूर्व

भीमसेन आदर्श माध्यमिक विद्यालय – देवचुली नगरपालिका, नवलपरासी पूर्व

सत्यवती माध्यमिक विद्यालय – व्यास नगरपालिका, तनहुँ

लुम्बिनी प्रदेश (२१ वटा विद्यालय)

नेपाल आदर्श माध्यमिक विद्यालय – शिवराज नगरपालिका, कपिलवस्तु

जनता माध्यमिक विद्यालय – बाणगंगा नगरपालिका, कपिलवस्तु

पद्मोदय पब्लिक माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ

माध्यमिक विद्यालय रजेना – घोराही उप महानगरपालिका, दाङ

माध्यमिक विद्यालय तुलसीपुर सेन्टर – तुलसीपुर उप महानगरपालिका, दाङ

सिद्द रत्न माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ

गुरु जजुर माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ

बाल विकास माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ

रामतुलसी माध्यमिक विद्यालय – रामपुर नगरपालिका, पाल्पा

त्रिभुवन माध्यमिक विद्यालय – कोहलपुर नगरपालिका, बाँके

धम्बोझी माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके

मङ्गलप्रसाद माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके

कालिका मानव ज्ञान माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही

नविन औद्योगिक रिता माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही

शान्ति नमुना माध्यमिक विद्यालय – तिलोत्तमा नगरपालिका, रुपन्देही

कान्ति भैरम माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही

पब्लिक माध्यमिक विद्यालय – सियारी गाउँपालिका, रुपन्देही

रामापुर माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही

सैनामैना माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही

रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय – सिद्धार्थनगर नगरपालिका, रुपन्देही

बालकल्याण माध्यमिक विद्यालय – रोल्पा नगरपालिका, रोल्पा

कर्णाली प्रदेश (३ वटा विद्यालय)

चन्दननाथ माध्यमिक विद्यालय – चन्दननाथ नगरपालिका, जुम्ला

अमरज्योति माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

जन माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

सुदूरपश्चिम प्रदेश (६ वटा विद्यालय)

महेन्द्रनगर माध्यमिक विद्यालय – भीमदत्त नगरपालिका, कञ्चनपुर

त्रिनगर माध्यमिक विद्यालय – धनगढी उप महानगरपालिका, कैलाली

दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय – गोदावरी नगरपालिका, कैलाली

कर्णाली माध्यमिक विद्यालय – टीकापुर नगरपालिका, कैलाली

महेन्द्र मोडल माध्यमिक विद्यालय – महाकाली नगरपालिका, दार्चुला

मालिका माध्यमिक विद्यालय – बडीमालिका नगरपालिका, बाजुरा

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

ताजा समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

जाजरकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host