Outline Khabar
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
                                                       
No Result
View All Result

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

काठमाडौँ। नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ ।

असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षति पुरानै अवस्थामा फर्काउन कांग्रेसले नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने सम्झौता गरेको छ।

Subisu

काठमाडौँ महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिएको छ।

मर्मत सम्बन्धी सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चभित्रका सम्पूर्ण भागमा भूमि सम्याएर उच्च गुणस्तरको दुबो घाँस रोप्ने र प्राविधिक रेखदेखसहित त्यसको उचित स्याहार गरिनेछ।

यस कार्यका लागि लाग्ने सम्पूर्ण आर्थिक भार तथा लागत नेपाली कांग्रेस स्वयंले बेहोर्ने सहमति भएको दुवालले जानकारी दिए । पुनःस्थापनाका लागि ४५ दिनको समयसीमा निर्धारण गरिएकोमा शुरूआती १५ दिनभित्र दुबो रोप्ने कार्य सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र पूर्ण रूपमा हराभरा बनाइने छ।

दुबो रोप्ने एवं स्याहार संरक्षण गर्ने कार्यमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिलाई कांग्रेस केन्द्रीय कार्यालयले स्वयंसेवकको जिम्मेवारी सुम्पिएको छ। यसको संयोजन काठमाडौँ महानगरका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन्।

काम पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार महानगरलाई बुझाउन योग्य अवस्थामा खुलामञ्च परिसर हस्तान्तरण गरिने वैद्यले बताए ।

कूल सम्झौता रकममध्ये ८० प्रतिशत पेश्की उपलब्ध गराइने र बाँकी २० प्रतिशत रकम कार्य सम्पन्न भएपछि प्रदान गरिने वित्तीय सम्झौतापत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

ताजा समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host