काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोधको प्रयास गरेको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा असंसदीय भाषा प्रयोग गरेको भन्दै राप्रपाले रेकर्डबाट हटाउन माग गरेको हो । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री ओलीले असंसदीय भाषा बोलेको भन्दै रेकर्डबाट हटाउन माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत २५ फागुनमा त्रिभुवन विमानस्थलमा गरिएको स्वागतलाई कथित भनेकोमा आफ्नो आपत्ति रहेको शाहीले बताएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम २१ विपरीत प्रधानमन्त्री ओलीले होच्याउने र असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरेका हुन् ।












