काठमाडौं। अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ठूलो सम्झौता गर्न चाहेको बताएका छन्।
सिबिएस न्यूजका अनुसार भान्सले जर्जियाको एथेन्समा आयोजित कार्यक्रममा पाकिस्तानमा सप्ताहन्तमा भएको वार्तामा धेरै प्रगति भएको पनि बताए।
उनले भने कि ट्रम्प इरानसँग कुनै ‘सानो सम्झौता’ होइन, बरु ‘ठूलो सम्झौता’ गर्न चाहन्छन्।
भान्सले दुवै देशबीच गहिरो अविश्वास रहेको स्वीकार पनि गरे।
उनले भने, ‘यो समस्या रातारात समाधान गर्न सकिँदैन।’












