Outline Khabar
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
                                                       
No Result
View All Result

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौं। काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा मंगलबारदेखि राजधानीमा रात्रिबस सेवा सुरु भएको छ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र वुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गरे।

Subisu

हाल बेलुका ८ बजेदेखि राति ११ बजेसम्म हरेक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था गरिएको छ। पहिलो चरणमा उत्तर–दक्षिण र पूर्व–पश्चिम गरी दुई मुख्य रुटमा सेवा सञ्चालन गरिएको छ।

उत्तर–दक्षिण रुटअन्तर्गत लगनखेलदेखि बुढानीलकण्ठसम्म (१६ किमी) र पूर्व–पश्चिम रुटअन्तर्गत थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म (२० किमी)बस सञ्चालनमा छन्।

बसहरूमा सीसीटीभी, जीपीएस ट्र्याकिङ, निःशुल्क वाइफाइ, ‘साझा प्लस’ एपमार्फत लाइभ ट्र्याकिङ तथा नगर प्रहरीको सुरक्षा व्यवस्था गरिएको छ। प्रारम्भिक लागत साझा यातायातले व्यहोर्ने र दीर्घकालमा स्थानीय तहहरूसँग साझेदारी गरी दिगोपन सुनिश्चित गर्ने योजना छ।

यात्रु सहजता र सुरक्षामा सुधार
रात्रिबस सेवाले राति सार्वजनिक यातायातको अभाव झेल्दै आएका स्वास्थ्यकर्मी, विद्यार्थी, कार्यालय कर्मचारी तथा दैनिक ज्यालादारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी महिला र कमजोर वर्गका यात्रुहरूलाई सुरक्षित र किफायती विकल्प उपलब्ध हुँदा रात्री यात्रा सहज हुने विश्वास गरिएको छ।

रात्री अर्थतन्त्र विस्तारको आधार
रात्रिबस सञ्चालनसँगै रेस्टुराँ, क्याफे, नाइट मार्केट र मनोरञ्जन व्यवसायहरू विस्तार हुने सम्भावना देखिएको छ। ढिलोसम्म आवतजावत सहज बनेपछि उपभोक्ताको समय बढ्ने र यसले रात्री अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सेवाले चालक, प्राविधिक, सुरक्षा गार्डलगायत प्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ भने अप्रत्यक्ष रूपमा रात्री व्यवसायहरूमा समेत रोजगारीका अवसर बढ्नेछन्।

रात्रिबस सेवा काठमाडौंलाई ‘२४ घण्टे शहर’ बनाउने दिशामा प्रारम्भिक आधारका रूपमा लिइएको छ। दिनको ट्राफिक चाप घटाउन रात्री यात्रालाई प्रोत्साहन गर्ने र दीर्घकालमा एकीकृत, स्मार्ट यातायात प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।
अस्पताल, कलेज र कार्यस्थलसम्म रात्री पहुँच बढ्दा स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरमा समान पहुँच सुनिश्चित गर्न मद्दत पुग्ने देखिन्छ।

पर्यटन प्रवर्द्धनमा टेवा
राति ढिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गर्ने पर्यटकलाई शहरसम्म सहज पहुँच उपलब्ध हुनेछ। साथै चन्द्रागिरी जस्ता पर्यटकीय गन्तव्यमा रात्री आवतजावत बढ्न सक्ने र पर्यटकको बसाइ अवधि लम्बिन सक्ने सम्भावना छ। विद्युतीय बस प्रयोगले वायु प्रदूषण र ध्वनि प्रदूषण घटाउनेछ। यसले काठमाडौंलाई दिगो र वातावरणमैत्री यातायात प्रणालीतर्फ उन्मुख गराउने महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

विस्तारको योजना
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले यो सेवा यात्रुको सहजता र सुरक्षाका लागि महत्वपूर्ण कदम भएको बताएकी छन्। ललितपुर, चन्द्रागिरी र बुढानीलकण्ठलगायत स्थानीय तहसँग समन्वय गरी सेवा विस्तार गर्ने योजना रहेको छ।

हाल ७ वटा विद्युतीय बसबाट सुरु गरिएको सेवा भविष्यमा बिहानको समयसम्म विस्तार गर्ने, थप रुट समेट्ने र उपत्यकाभर एकीकृत प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ।

अघिल्ला प्रयासहरू सफल हुन नसके पनि यसपटक प्रविधि, सुरक्षा र बहु(स्थानीय तहको सहकार्यले सेवा दिगो बन्ने अपेक्षा गरिएको छ। सफल कार्यान्वयन भएमा यसले काठमाडौंको यातायात, अर्थतन्त्र र जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने देखिन्छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक साझेदारितामा सबैको साझा मत नै सेवा दिगो हुने महत्वपूर्ण आधार रहेको बताए। ‘यो सेवाबाट धेरै नागरिक लाभान्वित हुने भएकोले म पनि धेरै उत्साहित छु। मेरो प्रस्ताव त रात्रि बस निशुल्क चलाउने हो। अब तीन महिनाको परीक्षणपछि लागत निकाल्छौं। त्यसपछि कसरी अगाडि बढ्ने भनेर निर्णय हुन्छ,’ उनले भने।

साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलका अनुसार नगरपालिकाहरुले साझा यातायातसँगको सहकार्यमा यो सेवा प्रारम्भ गरेका हुन्। ‘आउँदो असार मसान्तसम्म सेवाको लागत साझा यातायातले व्यहार्नेछ। यस अवधिमा खर्चको विश्लेषण गरेर पालिकाहरुले लागत सहभागिता व्यहार्ने प्रतिवद्धता हाम्रा लागि महत्वपूर्ण छ,’ उनले भने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

कूटनीतिक सक्रियता र आर्थिक साझेदारीमा जोडः सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

ताजा समाचार

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

कूटनीतिक सक्रियता र आर्थिक साझेदारीमा जोडः सरकारको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

त्रिपुरेश्वरको बागमती स्विट्समा अनुगमन, उत्पादन-बिक्री रोक

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host