Outline Khabar
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, कार्तिक १, २०८३
Saturday, October 17, 2026
                                                       
No Result
View All Result

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रसुवा, नुवाकोट र गोरखालगायतका जिल्लामा भएको विपत्तिको शोकबीच यस वर्षको दसैँ आएको उल्लेख गर्दै विस्थापित नागरिकको पुनःस्थापनामा सरकार काम गरिरहेको बताएका छन्।

बडादसैँको शुभकामना सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको बताएका हुन्।

Subisu

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वका रूपमा उल्लेख गरेका छन्। उनका अनुसार दसैँ पारिवारिक मिलन, आत्मीयता र आपसी सद्भावको अवसर पनि हो।

उनले भूकम्प, कोभिड महामारी र अघिल्लो वर्षको जेनजी आन्दोलनपछिको तनावपूर्ण अवस्थाका बीच पनि नेपालीले आफ्नो परम्परा र सांस्कृतिक मूल्यमान्यता जोगाउँदै चाडपर्व मनाउँदै आएको स्मरण गरेका छन्।

यस वर्ष पनि विभिन्न जिल्लामा भएका विनाशकारी घटनाको शोक ताजा रहँदै दसैँ आएको भन्दै उनले विपत्तिमा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

विदेशिने नेपालीको पीडा बदल्ने प्रतिबद्धता
प्रधानमन्त्री शाहले दसैँका बेला परिवारसँग भेटघाट गर्न चाहँदाचाहँदै पनि आर्थिक तथा अन्य बाध्यताका कारण घर फर्कन नसक्ने नेपालीको अवस्थालाई पनि आफ्नो सन्देशमा समेटेका छन्।

उनले रोजगारी र जीविकोपार्जनका लागि विदेशिनुपर्ने नेपालीको पीडा तथा चाडपर्वमा समेत परिवारसँग मिलन हुन नपाउने अवस्थालाई बदल्न सबैको हातेमालो आवश्यक रहेको बताएका छन्।

‘हरेक दिन बाध्यताले विदेशिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ,’ उनले भनेका छन्।

सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन्।

आर्थिक अभावले दसैँ बोझ बन्न नहुने
प्रधानमन्त्री शाहले आर्थिक सम्पन्नताले नै चाडपर्वको रौनक बढाउने उल्लेख गर्दै आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन्।

उनले देशलाई सुशासनको मार्गमा अघि बढाउन र नागरिकको आर्थिक समृद्धिका लागि वर्तमान सरकार सक्रिय रहेको दाबी गरेका छन्।

दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै उनले समाजमा खराब प्रवृत्तिको अन्त्य र व्यक्तिमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्।

उनले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सबैलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले बडादसैँका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना दिँदै सभ्य र भव्य रूपमा चाड मनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

दसैँका चार दिन बन्चरेडाँडा ल्यान्डफिल बन्द हुने, उठ्ने छैन उपत्यकाको फोहोर

ताजा समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host