काठमाडौं । नेपाल टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकाले सात घण्टाका लागि रिचार्ज सेवा अवरुद्ध हुने भएको छ ।
टेलिकमका अनुसार असार २५ गते राति ११ बजेदेखि २६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकाले उक्त अवधिमा ब्यालेन्स रिचार्ज/प्याकेज खरिद/क्युरी सेवाहरू केही समयका लागि प्रभावित हुनसक्ने भनेको छ । सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले अनुरोध गरेको छ ।
उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस एफटीटीएच भ्वाइस, डाटा, आइपीटीभी आदि सेवाहरू यथावत् सञ्चालन हुने टेलिकमले सूचना मार्फत जानकारी गराएको छ ।