काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलल संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पुनर्विचारका लागि फिर्ता पठाएका छन्।
राष्ट्रपति पौडेलले संविधान बमोजिम उक्त विधेयक प्रमाणीकरण नगरी मन्त्रिपरिषदमार्फत पुनः विचार गर्न सरकारसमक्ष पठाएका हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को निर्णयअनुसार पेश गरिएको विधेयकलाई आवश्यक सुझावसहित फिर्ता गरिएको उल्लेख छ।
यसअघि मन्त्रिपरिषद्ले संवैधानिक परिषद् सम्बन्धी ऐनमा संशोधन गर्ने उद्देश्यले विधेयक राष्ट्रपति समक्ष पेश गरेको थियो। तर, राष्ट्रपतिले त्यसमा रहेका प्रावधानहरूबारे पुनर्विचार आवश्यक देखिएको भन्दै विधेयक फिर्ता पठाएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार अब उक्त विधेयकमा सरकारले आवश्यक संशोधन गरी पुनः पेश गर्न सक्नेछ।
वैशाख २० गते जारी उक्त निर्णयले संवैधानिक परिषद् सम्बन्धी कानुनी व्यवस्थामा थप बहस र छलफलको आवश्यकता औंल्याएको विश्लेषण गरिएको छ।












