काठमाडौं। सामाजिक कार्यमा सकृय जेनजी अगुवा मदन बुढाले अछाम जिल्ला कारागारलाई पुस्तक सहयोग गरेका छन्।
काठमाडौंमा बस्दै आएका बुढाले शुक्रबार वुद्ध जयन्तीका अवसरमा २५० पुस्तक हस्तान्तरण गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। काठमाडौंमा पढ्दै आएका बुढा जेनजी आन्दोलनमा ५ दिन आमरण अनशन पनि बसेका थिए।












