काठमाडौँ। वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र स्थानीय उत्पादनको प्रवर्धनमा उत्साह बढाएर स्वयम्भू महोत्सव सकिएको छ। वैशाख १२ गते सुरु भएको महोत्सव शनिवार भगवान पाउमा समापन गरिएको हो।
कार्यपालिका सदस्य एवं महोत्सव व्यवस्थापन समितिका संयोजक मैयालक्ष्मी महर्जनका अनुसार पञ्चतत्वका आधार मानेर वडाका ५ ठाउँमा महोत्सव सञ्चालन भएको थियो ।
समापनमा ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले महोत्सवले स्थानीय पहिचान प्रवर्धनमा उल्लेखनीय भूमिका खेलेको अनुभूति व्यक्त गर। उनले, स्वयम्भूदेखि वसन्तपुरसम्मको सम्पदा मार्ग जोडेर कार्यक्रमलाई निरन्तरता दिनु पर्ने विषयमा जोड दिए।
महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन तथा विक्री, चित्रकला, सम्पदा यात्रा, बाघचाल, क्यालीजात्रा, सांस्कृतिक कार्यक्रम, प्राचीन क्षेत्रका कथा सुनाउने लगायत कार्यक्रम सञ्चालन गरिएका थिए ।











