काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।
चालु आर्थिक वर्षमा गहुँको मूल्य प्रतिक्विन्टल २ हजार ८५६ रुपैयाँ ४९ पैसा र धानको मूल्य ३ हजार ९४५ रुपैयाँ निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।
यो १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य हो। १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २०० ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ।
गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ आठ पैसा बढी हो।
गत आर्थिक गत वर्षमा गहुँको मूल्य ३ हजार ८६७ रुपैयाँ ३८ पैसा प्रतिक्वीन्टल र चैते धान २ हजार ८०० रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो।












