काठमाडौं । मनसुन भित्रिएको २५ दिनको अवधिमा नेपालमा प्राकृतिक प्रकोपबाट ४५ जनाको मृत्यु भएको छ । गत जेठ २८ गते यो वर्षको मनसुन भित्रिएको थियो। मनसुन आएपछिका २५ दिनमा ४५ जनाको मृत्यु भएको र ८ करोडभन्दा बढीको क्षति भएको छ।
आगामी दिनमा सीमित भूभागमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरु बाढी र पहिरोका कारण ध्वस्त भएको छ भने यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सयवटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन्।
नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाखभन्दा बढीको हानी नोक्सानी भएको छ।