काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ। आज बसेको पाँचौँ नगरसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।
यसअघि नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले एकलौटी बजेट ल्याएको भन्दै वडाअध्यक्षले असन्तुष्टि जनाएका थिए। उनीहरूले प्रस्तुत भएको नीति तथा कार्यक्रममा २८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका थिए।
त्यसमा १६१ जना नै नगर सभा सदस्य सहमत भएकोमा आज नगर सभाबाट नीति तथा कार्यक्रम संशोधनसहित पास भएको मेयर शाहले घोषणा गरे। वडा अध्यक्षले अहिले कुनै प्रतिक्रिया जनाएका छैनन्। अहिले नगर सभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल चलिरहेको छ।