काठमाडौं । वैदेशिक रोजगार विभागले कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले कुनै पनि कारोबार गर्न नपाउने गरी कारबाही गरेको हो ।
उक्त म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ । म्यानपावरको कारोबार फुकुवा नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन् ।
बिभागले वैदेशिक रोजगारमा पठाउने श्रमिकसँग रकम बढी लिएको, अलपत्र परेका श्रमिकलाई उद्धार नगरेको, पीडितलाई रकम फिर्ता नगरेको भन्दै कारोवार रोक्का गरेको हो ।