Outline Khabar
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
                                                       
No Result
View All Result

मध्यपूर्व अशान्त हुँदा नेपालमा बढ्यो चिन्ता, लाखौ नेपाली प्रभावित

मध्यपूर्वका मुलुकमा रहेका नेपालीलाई बाहिर ननिस्कन र निरन्तर सम्पर्कमा रहन नेपाल सरकारको आग्रह

मध्यपूर्व अशान्त हुँदा नेपालमा बढ्यो चिन्ता, लाखौ नेपाली प्रभावित

काठमाडौं। इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गर्दा मध्यपूर्व तनावग्रस्त छ।

इरानले पनि इजरायलमाथि जवाफी आक्रमण मात्र गरेको छैन साउदी अरब, युएई, कतार, कुवेत र बहराइनमा पनि आक्रमण गरेको छ। इरानले यजरायलमाथि जवाफी आक्रमण गरेको हो भने साउदी अबर, युएइ, कतार, कुबेत बहराइनमा भने अमेरिकी सैन्य बेसहरूलाई निशाना बनाएको भनेको छ।

Subisu

इरानको सरकारी इस्लामिक रिपब्लिक न्युज एजेन्सी आईआरएनएका अनुसार गर्ल्स स्कुलमा शनिबार गरिएको हवाई हमलामा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।

इजरायलले अमेरिकासँग मिलेर शनिबार बिहान राजधानी तेहरानसहित इरानका १० सहरमा भीषण हवाई आक्रमण गरेको थियो।
यसरी मध्यपूर्व तनावगस्त बन्दा नेपाललाई सोझै असर परेको छ। खासगरी मध्यपूर्व नेपालीको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो। त्यहाँ लाखौं नेपाली रोजगारीका शिलशिलामा छन्।

नेपाल सरकारले इसराइल र इरान यात्रा गर्ने योजना बनाइरहेका नेपालीलाई यात्रा स्थगित गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले सूचना जारी गर्दै इरान र इसराइलमा रहेका नेपालीलाई त्यहाँका सरकारले सुरक्षा सूचना र निर्देशन पालना गर्न पनि अनुरोध गरेको छ भने मध्यपूर्वका अन्य देशका रहेका नेपालीहरूलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र आवश्यक साबधानी अपनाई सम्बन्धित देशका अधिकारीबाट पूर्वअनुमति नपाई यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो।

तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका करिब ८ हजार नेपालीलाई ‘हाई अलर्ट’मा रहन विशेष सूचना जारी गरेको छ। दूतावासले स्थानीय ‘होम फ्रन्ट कमान्ड’को निर्देशन कडाइका साथ पालना गर्न र साइरन बज्नेबित्तिकै नजिकको बंकरमा जान आग्रह गरेको हो।

बहराइनस्थित नेपाली दूतावासले पनि विशेष सुरक्षा ‘सर्कुलर’ जारी गर्दै नेपालीलाई उच्च सतर्कता अपनाउन र बहराइन सरकारको आधिकारिक सुरक्षा प्रणालीसँग जोडिन आग्रह गरेको छ। ‘नागरिक सुरक्षाको लागि बहराइन सरकारको माइगभ एप डाउनलोड गरी साइरन अलर्ट फिचर्स तुरुन्तै एक्टिभ गर्नुहुन अनुरोध छ। सुरक्षा संवेदनशीलताप्रति सचेत रहँदै आ(आफ्नो कम्पनीले दिएका सुरक्षा निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुहोस्,’दूतावासले जारी गरेको सूचनामा भनिएको छ

बहराइनमा अमेरिकाको ‘फिफ्थ फ्लिट’को मुख्यालय रहेको छ, जहाँ हजारौँ अमेरिकी सैनिक तैनाथ छन्। इरानले यसै बेसलाई लक्षित गरी मिसाइल प्रहार गरेपछि बहराइनको आकासमा ‘मिसाइल डिफेन्स सिस्टम’ सक्रिय पारिएको छ। हाल बहराइनमा करिब ३५ हजार नेपाली श्रमिकहरू कार्यरत रहेको सरकारी तथ्यांक छ।

त्यस्तै, मध्यपूर्वको हवाई उडानमा प्रतिबन्ध लगाउदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यो क्षेत्रका अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका उडान रद्द भएका छन्।

सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी र दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले बताए।

यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह पनि गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

कांग्रेस बदलिएर आएको छ, मलाई गरेको विश्वास भोटमा बदल्नुस्ः कांग्रेस सभापति गगन थापा

चुनावको दुई महिनासम्म पनि दलको नेता छान्न सकेन कांग्रेसले,समीकरणको लडाइँ पेचिलो

बजेटमार्फत् आइटीका लागि कर छुट दिन माग

बजेटमार्फत् आइटीका लागि कर छुट दिन माग

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

युवाका लागि सरकारी सेवाको ढोका साँघुरिँदै, आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host