काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनीहरूलाई न्याय परिषद्को परामर्शमा प्रमुख निर्वाचन अधिकृत नियुक्त गरिएको हो।
त्यस्तै, आयोगले ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ। उनीहरूलाई न्याय सेवा आयोगको परामर्शमा नियुक्त गरिएको प्रवक्ता भट्टराईले बताए।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेदेखि काम सुरु गर्नेछन्। माघ २ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि कामकाज सुरु गर्नुपर्नेछ।
आयोगले माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। त्यसपछि फागुन २१ गते मतदान हुनेछ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली :






![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)