काठमाडौं। प्रमुख प्रतिपक्षी दल कांग्रेसले चुनावको झन्डै दुई महिनापछि प्रतिनिधिसभामा संसदीय दलको नेता चयन गरेको छ। कांग्रेस संसदीय दलको सोमबारको बैठकले भीष्मराज आङ्देम्बेलाई दलको नेताका रूपमा चयन गरेको हो।
दलको नेताका लागि मोहन आचार्य र अर्जुननरसिंह केसी पनि आकांक्षि थिए। तर, अन्तिममा आङ्देम्बेको नाममा सहमति जुटेको हो।
कांग्रेस सभापति गगनकुमार थापाले आङदेम्बेको नेतृत्वले पार्टीको मूल आदर्श र अहिलेको राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्ने विश्वास व्यक्त गरे।












