काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको बचाउमा सत्ता गठबन्धन लागेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले लामिछानेलाई बचाउनको लागि सत्तापक्षले षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।
‘सहकारीमा ठगेर मुलुकलाई यत्रो बर्बाद पार्नेहरूलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिराखेको छ । यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो’, केसीले भने ।