काठमाडौं । बचतकर्ताको ८ अर्ब बढी रकम अपचलन गरेर फरार रहेका कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एन्ड क्रेडिटका तत्कालीन अध्यक्ष सिबी लामा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनकाे भारतीय सीमा छेउबाट पक्राउ गरेको हो।
लामामाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ।
लामाले सहकारीको पैसा कान्तिपुर अस्पताल, पेन्टागन कलेज, रोयल थाई रेस्टुरेन्ट, स्तुपा रिसोर्ट नगरकोट, जाम्बला रिसोर्ट हलेसीलगायतमा लागनी गरेका छन्।