Outline Khabar
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026
                                                       
No Result
View All Result

रोयटर्सले लेख्यो- बालेन प्रधानमन्त्री बन्ने दौडमा अग्रस्थानमा

रोयटर्सले लेख्यो- बालेन प्रधानमन्त्री बन्ने दौडमा अग्रस्थानमा

काठमाडौं। गत सेप्टेम्बरमा भएको नेपालको ऐतिहासिक युवा–नेतृत्वको आन्दोलनमा ७७ जनाको ज्यान गएको थियो र त्यसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनायो। त्यसपछि ३५ वर्षीय र्‍यापरबाट राजनीतिज्ञ बनेका नेताले सामाजिक सञ्जालमा आफ्ना लाखौँ समर्थकलाई छोटो सन्देश लेखे।

‘प्रिय जेन–जी, तिमीहरूका हत्याराको राजीनामा आएको छ,’ प्रायः ‘बालेन’ नामले चिनिने बालेन्द्र शाहले लेखेका थिए। ‘अब देशको नेतृत्व तिमीहरूको पुस्ताले गर्नुपर्छ। तयार रह।’

Subisu

सन् २०२२ मा काठमाडौं महानगरपालिकाको मेयर बनेर राजनीतिक यात्रा सुरु गरेका यी संगीतकर्मी अहिले मार्च ५ मा हुने आम निर्वाचनपछि नेपालको अर्को प्रधानमन्त्री बन्ने दौडमा अग्रस्थानमा देखिएका छन्।

नेपालमा भरपर्दा जनमत सर्वेक्षणहरू उपलब्ध छैनन्। तर, चार जना राजनीतिक विश्लेषक र स्थानीय सञ्चारमाध्यमहरूले उनलाई परम्परागत राजनीतिक अभिजात वर्गलाई पछाडि पार्दै प्रधानमन्त्रीका लागि अग्रणी उम्मेदवारका रूपमा प्रक्षेपण गरेका छन्।

‘बालेन शाह यति लोकप्रिय छन् कि अहिले काठमाडौं आउने बसहरूमा ‘बालेनको सहरतर्फ’ भनेर स्टिकर टाँसिएका छन्,’ काठमाडौं विश्वविद्यालयमा अध्यापनरत विपिन अधिकारीले भने।

यदि शाह सत्तामा पुग्न सफल भए, भने स्थापित व्यवस्थाविरुद्ध आलोचनात्मक र्‍याप संगीतबाट सार्वजनिक चर्चा कमाएका व्यक्तिको उच्च राजनीतिक पदसम्मको नाटकीय उकालो यात्रा पूर्ण हुनेछ।

यसले चीन र भारतबीच अवस्थित सानो हिमाली राष्ट्र नेपालको राजनीतिमा समेत नयाँ मोड ल्याउन सक्छ, जहाँ लामो समयदेखि केही स्थापित दलहरूको वर्चस्व रहँदै आएको छ।

तीमध्ये ओलीको एमाले चीनतर्फ झुकाव राख्ने दलका रूपमा हेरिन्छ भने मध्यमार्गी नेपाली कांग्रेस भारतसँग निकट मानिन्छ।

बालेनको राष्ट्रिय स्वतन्त्र पार्टी भने नयाँ मध्यमार्गी दल हो, जसले आफ्नो चुनावी घोषणापत्रमा छिमेकी विशाल राष्ट्रहरूसँग ‘सन्तुलित परराष्ट्र सम्बन्ध’ कायम राख्ने बताएको छ।

यात्रा सहज होइन

शाहको देशव्यापी लोकप्रियताको एउटा कारण काठमाडौंका मेयरका रूपमा उनले गरेको काम पनि हो। उनले फोहोर व्यवस्थापनजस्ता शहरी पूर्वाधार सुधार र स्वास्थ्य सेवाजस्ता आधारभूत सेवा प्रवाहमा ध्यान दिएका थिए।

तर उनले सडक व्यवसायी र भूमिहीन व्यक्तिहरूको सम्पत्ति जफत गर्न नगर प्रहरीमार्फत् प्रयोग गरेको आरोपसहित आलोचना पनि खेपेका छन्। यस विषयमा हुमन राइट्स वाचले समेत प्रश्न उठाएको थियो।

जनवरीमा मेयर पदबाट राजीनामा दिएर आम निर्वाचनमा होमिएका शाहले रोयटर्सले इमेलमार्फत पठाएको अन्तर्वार्ता र प्रश्नहरूको जवाफ दिएका छैनन्।

पुराना पुस्ताका नेताहरूले भरिएको नेपालको राजनीतिक अभिजात वर्गभन्दा फरक रूपमा शाहले मुख्यधाराको सञ्चारमाध्यमबाट टाढा रहने बानी बनाएका छन्।

बरु फेसबुकजस्ता सामाजिक सञ्जालमा ३५ लाखभन्दा बढी अनुयायीमार्फत उनी युवा नेपालीहरूसँग सिधा संवाद गर्छन्।
पछिल्ला हप्ताहरूमा उनको फेसबुक पेजमा चुनावी अभियानका क्रममा खिचिएका तस्बिरहरू देखिन्छन्- प्रायः उनी आफ्नो पहिचान बनिसकेको कालो सनग्लास र सेतो–कालो दाह्रीमा प्रस्तुत भएका हुन्छन्। -रोयटर्सबाट

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

सुकुम्बासी बस्ती हटाइएको सार्वजनिक जग्गामा महानगरले तारबार लगाउने

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

काठमाडौंमा आज पनि वर्षा हुने, कहाँको मौसम कस्तो ?

कांग्रेस बदलिएर आएको छ, मलाई गरेको विश्वास भोटमा बदल्नुस्ः कांग्रेस सभापति गगन थापा

चुनावको दुई महिनासम्म पनि दलको नेता छान्न सकेन कांग्रेसले,समीकरणको लडाइँ पेचिलो

बजेटमार्फत् आइटीका लागि कर छुट दिन माग

बजेटमार्फत् आइटीका लागि कर छुट दिन माग

मालपोत र नापीमा बिचौलिया निषेध गर्न भूमिमन्त्री रावलकाे निर्देशन, परिचयपत्र हेरेर मात्र भित्र पठाइने

युवाका लागि सरकारी सेवाको ढोका साँघुरिँदै, आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host