Outline Khabar
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026
                                                       
No Result
View All Result

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

काठमाडौं। सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।

गत २ वैशाखमा मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ।

Subisu

आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले बुधबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराए।

जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टिओआर) समेत स्वीकृत भइसकेको छ। एक वर्षको कार्यकाल तोकिएको यस आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ।

आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ, जसलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ।

आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ।

आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी संकलन गर्नेछ।
कार्यसम्पादनको सिलसिलामा आयोगले आवश्यकताअनुसार विभिन्न क्षेत्रका विज्ञहरूको सल्लाह लिन सक्ने प्रावधान राखिएको भएता पनि स्वार्थको द्वन्द्व भएका विज्ञहरूलाई भने आमन्त्रण गर्न नपाइने कडा सर्त तय गरिएको छ।

यो आयोगको गठन गत चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरु’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचारविरोधी प्रतिबद्धताअनुरुप भएको हो। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ जना कर्मचारीको छनोट गरिरहेको छ।

आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ताजा समाचार

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सम्पत्ति जाँचबुझ आयोगलाई एक वर्षको म्याद, सोसल मिडिया वा अन्य माध्यमबाट पनि उजुरी संकलन हुने

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

सहकारीपीडितको पैसा फिर्ता गराउन छलफलमा जुटिन् मन्त्री रावल

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

विवादमा तानिएका गृहमन्त्री सुधनले दिए राजीनामा

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य, भोलि पनि बैठक

होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्यो, समिति गठन

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पले लम्ब्याए इरानसँगको युद्धविराम

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host