काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो। जसमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र बैंकर भुवनकुमार दाहाल सदस्य छन्।
यसअघि गत ४ वैशाखमा अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका थिए । श्रेष्ठलाई २०८१ मंसिर १० मा मन्त्रिपरिषदले सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो। विवादका बीच श्रेष्ठले १७ महिनासम्म धितोपत्र बोर्डको नेतृत्व सम्हालेका थिए।










