Outline Khabar
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, बैशाख २, २०८३
Wednesday, April 15, 2026
                                                       
No Result
View All Result

मौसम बदली पर्सीसम्म निरन्तर, सतर्कता अपनाउन आग्रह

मौसम बदली पर्सीसम्म निरन्तर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोको कहर निम्त्याउनेगरी शुक्रबार शुरू भएको मौसम बदली आउँदो सोमबारसम्म जारी रहने पूर्वानुमान गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन दिनका लागि मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै बदली यथावत्‌ रहने सम्भावना रहेको जनाएको हो ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशभर साधारणदेखि पूर्णतयाः बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Subisu

आज शनिबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षा सम्भावना छ ।

भोलि असार २३ गते आइतबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भोलि राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने महाशाखाले अनुमान गरेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

पर्सी असार २४ गते सोमबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिकदेखि साधारणतयाः बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको र थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

अति भारी वर्षाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

कांग्रेसभित्र विवाद झन् चर्कियोः स्पष्टीकरण मागिएपछि खड्काले भने-‘हाँस्यास्पद र निरर्थक’

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको चुस्कीमा छुट

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

काठमाडौंमा रात्रि अर्थतन्त्र रूपान्तरणको अवसर, रात्रिबस विस्तारको योजना के छ?

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अजिटम स्कुलका लागि बेलायतले सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको विश्वास

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

अमेरिकी उपराष्ट्रपतिले भने- ट्रम्प इरानसँग ठूलो सम्झौता गर्न चाहन्छन्

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

इरानले भन्यो- अमेरिकासँग शान्ति वार्ता जारी राख्न तयार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host